Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • शैलुङले समयमै काम सक्ने

    -

    January 16, 2020 | 376 Views


    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले शैलुङ कन्सट्रकसन कम्पनी सिआइपिएलको जेभीलाई २५० किलोमिटर पाइप लाईन र ओभरहेड ट्याङ्की निर्माणको माम जिम्मा लाएकोमा करिब ९ महिना वितेको छ । कामको जिम्मा लिएर शुरुवात नै नगरेको उक्त कम्पनीलाई आयोजनाले काम शुरुवात गर्न लगाएको बताएको छ । प्राविधिक पक्ष र ठेक्का सम्बन्धमा कुनै समस्या नभएको तर बीचमा सामाजिक र आर्थिक समस्या नाआएममा समयमै काम सम्पन्न गर्ने आयोजना प्रमुख ईन्जिनियर भोजराज थापाले बताए ।
    कामको ठेक्का पाएको उक्त जेभीले ८ महिनासम्म कामको थालनी नै नगरेपछि समयमा सम्पन्न हुने कुरामा शंका थियो । थापाले भने छलफलमा डाकेर काम अगाडि बढाउन लगाइएको छ । आरुवारी रिर्जभ ट्याङकीको खन्ने काम सुरु भएको छ । भारतबाट पाईप ल्याउने र कार्यक्षेत्रमा सम्पर्क कार्यालय खोल्ने काम भएको छ । यही जनवरीको २० तारिखबाट काम सुरु गर्ने प्रतिवद्धता कन्ट्याक्टरले जनाएको छ । दैनिक पानी दिनका लागि आरुबारीका बासिन्दालाई ओभरहेड टंकी निर्माण गर्न आवश्यक रहेको छ । सो ठाउँ उचाइँका हिसाबले सबैभन्दा माथि रहेको छ ।
    काम सुरु गर्न ढिलाई गरेपछि कार्यालयमा बोलाएर केरकार गर्दा बाँकी समयमा काम सक्छु भनी २२ महिनाको कार्ययोजना पेश गरेको , पाइपल्याउनका लागि भारतीय उद्योगमा गएको फोटो र एलसी खोलेको कागजात देखाएपछि आयोजनाले काम गर्न सक्नेमा विश्वास गरेको कुरा ई थापाले बताए । ई थापाले हनुमन्ते र मनोहरा खोला किनारमा स्थानीय र प्रदेश सरकारबाट काम काम गर्ने वातावरण नबनेकाले काममा अफ्ठ्यारो परेको बताए । जबसम्म खानेपानी र सरसफाईलाई अत्यावश्यक श्रेणीमा राखेर कानुन बनाइदैन् त्यसबेला सम्म यो क्षेत्रको अपेक्षा गरे अनुसार प्रगति हुन सक्दैन भन्ने थापाको भनाइ रहेको छ ।
    शैलुङ जेभीका प्रोजेक्ट मेनेजर ई राजेन्द्र महर्जनले २०१९ मार्च २७ मा ३० महिनामा काम सक्ने भनि आयोजनासँग सझौता भएको र २०२०को जनवरी देखि कामले गति लिने बताए । उनले यो बीचमा पाईप मेनिफेक्चरिङ र त्यसलाई एप्रुभल गराएर पाईप बिछ्याउने ठाउँ खन्ने लगायत प्रोजेक्टको काम गत असार देखि नै सुरु भएको बताए । प्रोजेक्टको कन्सलट्यान्टको निगरानीमा काम हुने १६७ किमि पाईप बिछ्याउने र आरुवारीमा निर्माण हुने १२७० हजार लिटरको ओभरहेड टंकी निर्माणको कामलाई मजदूर देखि माथिसम्मको टीम संख्या बढाएर समयमै कम सम्पन्न गर्ने उद्देश्यका साथ काम भइरहेको ई महर्जनले बताए ।