Wednesday 22nd January 2020
  • New title for a=>html, img=>alt
  • सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

    -

    July 15, 2019 | 224 Views


    काठमाडौं, ३० असार
    झपा र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
    झापा, कन्काई नगरपालिका(३ पश्चिम बस स्टेसनस्थित सडकमा आइतबार दिउँसो को।१४ प ९२७४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका कोटिहोम बस्ने ९० वर्षीय ईन्द्र प्रसाद न्यौपानेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    धनुषा, गणेशमान चारनाथ नगरपालिका(२ राधापुरस्थित सडकमा ना।३७ प ६२१२ नम्बरको मोटरसाइकल गत बुधबार राति अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने ४० वर्षीय बोध बहादुर हमालको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।