Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • सालिक बजारमा

    -

    May 16, 2019 | 198 Views


    ‘म विना कसै कसैलाई मुस्किल छ पोखरामा
    म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा’
    गीतबाट चर्चाको शिखरमा आएका गीतकार सितल गिरीको मुक्तक संग्रह सालिकको शनिबार पोखरामा विमोचन गरिएको छ । मुक्तक मञ्च पोखराको आयोजनामा १३२ औँ नियमित मुक्तक वाचन शृङखलाको अवसरमा वरिष्ठ साहित्यकार सरुभक्तले पुस्तकको विमोचन गरेका हुन् । देशको राजनीतिक अवस्था, सामाजिक विसंगति, बेरोजगारी लगायतका विषय वस्तुलाई समेटेर गीतकार गिरीले आफनो पहिलो मुक्तक संग्रह बजारमा ल्याएका हुन् ।
    विमोचनपछि बोल्दै साहित्यकार श्रेष्ठले छोटोमा कलात्मक रुपले धेरै कुरा भन्न सक्ने विधा मुक्तक भएको बताए । उनले छोटोमा कलात्मक रुपले धेरै कुरा भन्न कठिन विधा भएको भएपनि गिरीको मुक्तक संग्रहले मन जित्ने विश्वास ब्यक्त गरे । उनले पछिल्लो समय मुक्तकमा नवोदित साहित्यकारहरुको उत्साहबद्र्धक सहभागीता देखिएको भन्दै खुशी ब्यक्त गरे ।
    उनले पछिल्लो समय मुक्तक कस्तोलाई भन्नेमा विवाद देखिएको बताउदै ३० को दशकमा सुरु भएको मुक्तक लेखन विभिन्न शैलीको भएकाले बताए । मुक्तक केलाई भन्ने चार हरफमा लेख्दैमा मुक्तक हो होइन, संस्कृति र परम्पराको शैली वा छन्दमा लेखिएका विषयलाई भन्ने या नभन्ने विवाद देखिएको बताए ।
    स्रष्टा सितल गिरीले आफुले मुक्तक संग्रह प्रकाशन गरेर ठूलो योगदान दिनका लागि भन्दा पनि आफनो आत्म सन्तुष्टिका लागि लेखेको बताए । उनले मुक्तक संग्रहलाई सबैले माया गर्ने विश्वास ब्यक्त गरे । कार्यक्रमा गजलकार मन क्षेत्री, अनिता दाहाल, श्रीराम अधिकारी लगायतले मुक्तक संग्रह सालिकले मुक्तक प्रेमीको मन जित्ने विश्वास ब्यक्त गरे । सितल गिरीले लेखेको म विना कसै कसैलाई मुस्किल छ पोखरामा गीत गायक प्रमोद खरेलले गाएका थिए ।
    विमोचनपश्चात कार्यक्रममा बोल्दै उनले गीत, गजलमा सफलता प्राप्त गरेर मुक्तक लेखनमा पनि प्रवेश गरेका शितलको मुक्तक संग्रह शालिकको सफलताको शुभकामना दिए । पुस्तकमा कुनै भूमिका नरहेको र आवश्यक ठाँउमा अग्रजहरुले आवश्यक सुझाब, सल्लाह दिन पनि उनले आग्रह सहित त्यसलाई मायाको रुपमा कमजोरीलाई स्वीकार गरेर अगाडि बढ्ने उनको भनाई थियो । बाल्यकालदेखि नै लेख्ने बानीको विकास भएकोले यसरी गीत, गजल र अन्य क्षेत्रमा लेख्दा आफुलाई आनन्द महसुस हुने उनको भनाई छ ।
    लेखकको बारेमा बोल्दै मन क्षेत्रीले शितल गिरी सानैदेखि लेखन क्षेत्रमा निकै चासो दिने गरेको र सानैदेखि नै आफना रचनाहरु गजल, गीत, कविता रेडियो नेपालमा पठाउने गर्ने गरेको बताए । लेखक गिरी कुनै साहित्यिक सघं संस्थामा नभएता लेखन कार्यलाई निरन्तरता दिईरहेको उनको भनाई थियो ।