Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • सेल्फी लिनेक्रममा तीन जनाको मृत्यु

    -

    May 2, 2019 | 34 Views


    नयाँदिल्ली, १९ वैशाख । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरको रेलले कुल्चिएर बुधाबार मृत्यु भएको छ ।

    भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् । प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ । प्रत्यक्षदर्शी एम एस डबासले चारै जना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरुमध्ये तीन जनालाई कुल्चिएको जानकारी दिएका थिए । ती युवाहरु एक वैवाहिक कार्यक्रममा सहभागी हुन पानीपत आइपुगेका थिए ।

    मृत्यु भएकामध्ये दुई जना १९ वर्षका र एक जना १८ वर्षको भएको बताइएको छ । गत वर्ष अखिल भारतीय आयुर्विज्ञान संस्थानले गरेको एक अध्ययनमा सन् २०११ देखि २०१७ को बीचमा सेल्फी लिनेक्रममा विश्वभर करिब २५९ जनाको ज्यान गएको उल्लेख छ । तर सेल्फी लिनेक्रममा सबैभन्दा बढीको मृत्यु भारतमा हुने गरेको छ ।

    रासस-एएफपी