Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • हात र जग्गा खाली नराखौ

    -

    December 13, 2019 | 367 Views


         
                    खगेन्द्रराज सिटौला 
    गाउँ घरमा बुढापाका बताउथे हात खाली नराख जग्गा खाली नराख । हात खालि नराखको अर्थ हो कुनै न कुनै काममा आपूmलाई सकृय बनाई राख भनेको हो । त्यस्तै जग्गा खाली नराख भनेको जग्गाबाट केही न केही उत्पादन र आम्दानी गर भनेको हो । अहिले हामी नेपालीको प्रवृति हात पनि खाली राख्ने र जग्गा पनि खाली राख्ने दिशा तिर उन्मुख छ । यस्तो प्रवृति घातक पनि हो नासक पनि हो । यस्तो प्रवृतिलाई रोक्ने सजिलो उपाया भनेको नै हात खाली नराख्ने र जग्गा खाली नराख्ने नाराको व्यवहारिक प्रयोग नै हो प्रमुख सफलताका आधार ।  ं

    पंतिकार कपाल काट्न गएको थियो कपाल काट्ने पसलमा । कपाल काट्ने भाइले बताए उनी भारत बिहारका बासिन्दा रहेछन । विहारमा वी.ए.पढ्दै गरेका विद्यार्थी रहेछन । परीक्षाको रिजल्ट नआइन्जेल काठमाण्डौंको भिनाजुको पसलमा कपाल काट्न आएका रहेछन । महिनाको १५००० कमाइ हुन्छ भन्थे कम्तिमा पनि उनी एकलैको । सीप सिकेर नेपाली शिक्षित,अशिक्षित युवाहरुले बिहारका यी शिक्षित युवा जसरी हात चलाउने हो भने यस्ता पैसा कमाउने धेरै ठाउँ भेट्टाउन सक्छन । या त विदेशमा मात्रै हात चलाउन जाने यात स्वदेशमा निरासाको जिब्रो मात्र चलाएर बस्ने हो भने यस्ता धेरै संभावनाका अवसरहरु गुमिरहेका हुन्छन ।
    देख्दा सामान्य लागे पनि कपाल कटाइबाट मात्रै करोडौं रुपियाँ भारतमा जादो हो । न नेपालका एक मधेश एक प्रदेश भन्ने तराइका नेपाली नेता वा युवाहरुको यतातिर ध्यान गएको पाइन्छ न पहाडमा बस्ने संघियताबाट स्वर्ग झर्छ भन्ने नेता तथा युवाहरुको नै । यस्ता धेरै क्षेत्र छन जहाँ राम्रो कमाइ पनि हुन्छ तर नेपाली युवाहरुको त्यता तिर ध्यान नै गएको देखिदैन । त्यहाँ उनीहरुले खाडी, मलेशिया भन्दा राम्रो कमाइ गर्न सक्छन । त्यहाँ जाँदा म्यानपावर कम्पनीलाई बुझाउने रुपैयाँ मिलेर सामुहिक लगानी गर्ने हो भने यतै पनि धेरै कमाउने संभावना पनि हुन सक्छन । नेपालमा अचारमा मात्रै पनि अरवौं रुपियाँ बाहिर गइरहेको छ । मासु, फलपूmल, तरकारी, दूध, तेल, दाल लगायत त्यसरी नै अरवौ रुपिया बाहिर गइरहेको छ । यस्ता धेरै सम्भावनातिर पो राष्ट्र निजी क्षेत्र व्याक्तिहरु समेतको ध्यान जानु पर्ने होइन र ?
    राष्ट्रको जहाँ ध्यान जानु पर्ने हो त्यता तिर गएको छैन । अन्तै गएको छ । नेपालका लाखौ युवाहरुलाई सीप सिकाएर गरिखाने बनाउन सबै राष्टिय शक्ति लाग्नु पर्ने हो । यो चाहीं राष्ट्रिय सहमतिको मूल विषय हुनु पर्ने हो । यो राष्ट्रको मूल मुद्घा हुनु पर्ने हो । युवाहरुलाई राजनीतिले जिन्दावाद र मूर्दावादको नारामा होइन गरिखानेवाद जिन्दावादमा लाम लगाउनु पर्ने बेला भएको छ । यो राष्ट्रको जल्दो बल्दो आवश्यकता हो । चीनका नेता तेङ स्याओ पीङले युवाहरुलाई बाहिर सीप सिकाउन पठाएर चीनलाई आधुनिकिकरण र विकासमा कसरी अगाडि बढाउने अधार खडा गरेका थिए, आँखा सामुन्नेमा छ वर्तमान चीन । के नेपालमा यस्तो सोच थिएनर ? थियो । हाम्रो नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपालको एकिकरण अभियान संगै सीप सिकाउन निर्देशन विचार अघि सारेका थिए । यो पुरानो नेपालका पुराना नेताको जहिल्यै नयाँ भइरहने बलियो विचारको महत्व बुझेर कुनै सरकारले पनि अहिले सम्म किन पृथ्वी सीप केन्द्र नखोलेका होलान् ? जसको आवश्यकता भूकम्प पछि झनै खड्किएको थियो । निर्माण क्षेत्रमा काम गर्ने सीकर्मी, डकर्मी अन्य प्राविधिक जनशक्ति स्वदेशमा उत्पादन गर्न स्थाई प्रकृतिको पृथ्वीसीप केन्द्रहरु देशैभरि खोलिनु पर्दछ । जताततै सीपको आवश्यकता जगैदेखि सीपशिक्षा यो नेपालको राष्ट्रिय आवश्यकता ।
    नेपालका नालायक शासकहरुले नेपालका युवा शक्तिको जहिल्यै दूरुपयोग मात्र गरे । अंग्रेज र पछि भारतीय सेनामा समेत नेपाली युवाशक्तिको दुरुपयोग निरन्तरता छ । जतिसुकै बहादुर गोर्खाली भने पनि यो राष्ट्रिय गौरव बढाउने विषय होइन । बरु हो राष्ट्रिय लज्जा । अरु देशको पैसा खाएर आफ्नो कुनै शत्रु नभएको, विवाद नभएको मुलुकका मान्छेसंग लड्नु पर्ने मार्नु पर्ने । आफ्नो देशमा युवा तथा दक्ष युवा श्रम शक्तिको जहिल्यै अभाव भएर विकासमा प्रतिकूल असर परिरहने । त्यसरी नै अहिले ठूलो संख्यमा युवा शक्ति विदेश पठाएर मुलुकमा युवा श्रमशक्तिको अभाव बनाउदा पनि जुनै नामका शासकहरु जहिल्यै खुशी छन । किनभने उनीहरुलाई सरकार चलाउन रेमिटेन्स आउँछ । त्यसैले युवाहरुलाई बाहिरी मुलुकमा पठाउने वातवरण बनाउन लागि परेका छन अनेक नीति निर्माण गरेर । जान्दा नेपाल मै उत्पादन छ नेपाल मै धन छ, आम्दानी छ ।
    जमिन खाली नराख आफैमा हात खाली नराख पनि हो । खाली हात नबस र खाली जमिन नराखको अन्योन्याश्रित सम्बन्ध छ । यसले प्रकृतिसंग जोडिएको मानव श्रम संस्कति सम्बन्ध र उपयोग जाहेर गर्दछ । यो आफैमा भूमिमा जन भूमीबाट धन हो । यो आफैमा समग्र भू उपयोगको नति हो । तराइको समथर मैदान देखि पहाडी तथा उच्च हिमाली भेक सम्मका जमिनको अधिकतम सदुपयोग गर्दै व्याक्ति तथा राष्ट्रको धन बढाउने उपाया हो यो । जमिन खाली नराखको अर्थ जमिनलाई न कंक्रिटको जंगल ले भर्नु हो न कुनै उत्पादन नदिने प्लटिङ गरेर बाँझो छोडेर राख्नु नै हो । जमिनलाई सदुपयोग कसरी गर्ने र वैज्ञानिक तथा व्यवहारिक व्यवस्थापन द्वारा बढी भन्दा बढी लाभ लिने भन्ने नै हो ।
    प्रकृति र संस्कृतिको गहिरो तथा वैज्ञानिक अध्यान तथा अनुसन्धान गरेर जमिनलाई आर्थिक उपार्जन संग जोड्ने योजना बनाउनु पर्दछ । जमिन उपयोगको वैज्ञानिक तथा व्यवहारिक योजना बनाउनु पर्दछ । जमिन उपयोगका धेरै क्षेत्रहरु छन तिनको व्यवहारिक तथा व्यवस्थित उपयोगको योजना बनाउनु पर्दछ । जस्तो कि जलको लागि जमिन, जहाँ जल पनि सुरक्षित रहन र वहन पाओस, जमिन पनि सुरक्षित रहन पाओस । जंगलको लागि जमिन चाहिन्छ । जंगल आफैमा सबैको मंगल हो । जहाँ जंगल छ त्यहाँ मंगलै मंगल हुन्छ । वातवरणीय शुद्घताले होस, जल, जन वा जनवारको लागि होस ।
    गाउँ शहर मानव बस्तिको लागि जमिन, अन्न,फलपूmल, दाल,तेल नगदेबाली,जडीबुटीको लागि जमिन,कल कारखाना,उद्योग व्यवसायको लागि जमिन,सडक,रेल,खेलमैदान खुला पार्क र हवाई मैदानको लागि जमिन वैज्ञानिक किसिमले व्यवस्थित गर्नु पर्दछ । विश्वमा जनसंख्याको बढ्दो चाप, उद्योग कलकारखानाको रापले बढाएको तापले मानव,पशु पंक्षी लगायत सबै जीव जन्तुको अस्तित्व धरापमा पार्दै लगेको छ । यसको लागि पनि सबै मुलुकले जमिनको सही किसिमले उपयोग गर्ने योजना बनाउनु पर्दछ । यसो गरेन भने झन छिटो संकटमा पर्दछ विश्व । यसबाट नेपाल पनि अपवाद हुने छैन ।
    माथि भनिए जस्तै नेपालका सबै भूभाग,भूबनोट,माटोको गहिरो अध्यायन अनुसन्धान गरेर कुन ठाउँमा केको जंगल कुन ठाउँमा के कस्ता जडीबुटी र कुन ठाउँमा के को बाली किन लगाउने को उत्तर सहितको कार्य योजना मुलुकलाई चाहिएको छ । कृषि तथा बस्तिका लागि उपयुक्त क्षेत्र कहाँ किन हुन सक्छ वा सक्तैनको वैज्ञानिक तथा व्यवाहारिक उत्तर र योजना मुलुकलाई चाहिएको छ । यो मुलुकको समग्र संभावना र शक्ति पत्ता लगाउने उपाया पनि हो । यो नेपालको मैदान देखि टाकुरा सम्मको र दिमागदेखि पाखुरा सम्मको संभावना र शक्तिलाई संयोजन गरेर अघि बढाउने बृहत राष्ट्रिय योजना हो । हामी हाम्रो संभावना र शक्ति नखोजेर नबुझेर पनि पछि परेका हौं । नेपालको सुन्दर प्रकृति, संस्कृति र बलिया पाखुरी ओदानका तीन खम्बा जस्तै हुन । यी तीन खुट्टाको साझा पगरी नेपालीको देशभक्ति हो । यो नै नेपालको समग्र शक्ति हो ।
    अहिले नेपालमा दक्ष तथा अदक्ष श्रमिकहरुको ठूलो खाँचो छ । भूकम्पले पु¥याएको क्षतिको पुननिर्माण वा नवनिर्माणमा ठूलो मात्रमा श्रमिकको खाँचो थियो छ । त्यहीँबाट नेपाली युवालाई यतातिर आकर्षित गरेको भए बजारमा श्रमिकको आपूर्ति सरल हुन सक्थो । रोजगार पाएर बेरोजगार युवाहरुको हातमा आम्दानी पनि पर्न थाल्थ्यो । युवाहरुले स्वदेशमा श्रम गर्न लाज नमान्ने हो भने मासिक तीस, पचास हजार कमाउन कुनै आइतबार हुने छैन । अझ परिवारका बढी सदस्यहरु छन भने लाख,डेढ दुई लाख कमाउन पनि सक्छन । तसर्थ सरकारले युवाहरुलाई सीप सिकाएर मुलुकमा स्वदेशी श्रमिकको आपुर्ति सहज बनाओस् । यसो गरेमा एकतिर मुलुकमा श्रमको आपूर्ति सहज हुन्छ । नेपाल बचाउने र भविश्य बनाउने यसैमा निर्भर छ । स्थानीय निकायमा निर्वाचित सबै जनप्रतिनिधिहरुमा यतातिर ध्यान खिचिन सकेमा स्थानीय सीप,साधन र श्रममा आधारित विकासका योजनाहरु अवश्य अघिसार्ने थिए भनेर आशा गर्न सकिन्छ ।