Wednesday 13th November 2019
  • New title for a=>html, img=>alt
  • हो, यसमा सभापतिको गल्ती भयो

    -

    July 8, 2019 | 90 Views


    सरिता प्रसाईं नेपाली काँग्रेसकी युबा नेतृ हुनुहुन्छ । झापाबाट समानुपातिक कोटामा सांसद बन्नुभएकी नेतृ प्रसाईं हाल राष्ट्रिय सभामा नेपाली काँग्रेस पार्टीको तर्फबाट प्रमुख सचेतक रहनु भएको छ । नेपाली काँग्रेसले संसदमा प्रभावकारी भुमिका निर्वाह गर्न नसकिरहेको आरोप लागिरहेको छ । तर नेतृ प्रसाईंले यो आरोपको ठाडै अस्वीकार गर्दै आफुहरुले प्रभावकारी भुमिका निर्वाह गरेको दावी गर्नुभएको छ । नेपाली काँग्रेसको सांगठनिक कार्यदिशा, संसदमा उसले खेलेको भूमिका, आगामी रणनीति र समसामयिक बिषयमा केन्द्रित रहेर नेतृ प्रसाईंसँग प्रकाश साप्ताहिकका रामहरि चौलागाईँले गरेको कुराकानीको सम्पादित अंश ।
    राष्ट्रिय सभामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख सचेतको हैसितले तपाईंले कस्तो भुमिका निर्वाह गरिरहनु भएको छ ?
    राष्ट्रिय सभामा हामिले निर्वाह गरेको भुमिका बारे मिडियालाई प्रस्ट थाहा छ । राष्ट्रिय सभामा आएका बिधयेक माथि छलफल गर्ने, बहस गर्ने कामहरु गरिरहेका छौं । जनताको पक्षमा नभएका बिधेयकको बिरोध जनाएर खवरदारी गरिरहेका छौं । जस्तो भरखरै मात्र राष्ट्रिय सभाबाट फिर्ता भएको गुठी सम्वन्धी बिधयेक बिरुद्ध हामीले बिरोध जनायौं । हामीले गुठी बिधेकलाई राष्ट्रिय सभामा टेबुल गर्न हुँदैन भनेका थियौैैैैैैं, तर उहाँहरुले जर्वजस्ती टेबुल गर्नुभयो । यो बिधयेक जनताको पक्षमा छैन भनेर खवरदारी ग¥यौं । नेपाली जनतालाई यो बिधयेकले राम्रो गर्दैन र बिभाजन मात्र ल्याउँछ भन्दा भन्दै सरकारको जिद्धिको कारण राष्ट्रिय सभामा टेवल भयो । हामीले यो बिधयेकको बारेमा हाम्रो पार्टीले जमेरै बिरोध ग¥यो । यो कुरा हामीले जनतामाझ लग्यौ । जनताले हामीलाई साथ पनि दिए । देशव्यापी रुपमा यसको बिरोध भयो । गुठी बिधयेक बिरुद्ध सडक र सदनमा चर्को बिरोध भएपछि सरकार अत्तालियो र फिर्ता लिन बाध्य भएको छ । गुठी बिधयेक मात्र होइन यस्ता जनबिरोधी अरु बिधयेक बिरुद्ध पनि हामीले सदनमा कुरा उठाएका छौं ।
    गुठी बिधयेक बाहेक अरु पनि बिवादित बिधेयकहरुले संसदमा प्रबेश पाइरहेका छन, किन नेपाली कांग्रेसले गुठी बिधेयकलाई बढि फोकस गरेको हो ?
    गुठी बिधयेक मात्र कहाँ हो र ? पार्सपोट सम्वन्धी बिधयेक प्रतिनिधि सभामा मात्र छलफल गरेर सिधैं राष्ट्रपतिकहाँ पठाइएको थियो । त्यसको पनि हामीले खरो रुपमा बिरोध गरेकै हो । हाम्रो बिरोधकै कारण राष्ट्रपतिले राष्ट्रिय सभाका दुई जना माननीय सांसदहरुलाई बोलाएर छलफल गरेपछि फिर्ता पठाइएको छ । प्रतिपक्ष दलको काम त यहि होनी । हामीले त खवदारी गर्न कहाँ बाँकी राखेका छौं र । जनताका बिपक्षमा र खिलापमा आएका बिधयेकलाई हामीले प्रतिनिधि र राष्ट्रिय सभा दुवैबाट बिरोध गरिरहेका छौं ।
    सरकारले बिधयेक ल्याउँदा सरोकारवाला र तपाँइहरुसंग छलफल गरेर मात्र मात्र लयाँउछ हैन र ?
    बिधयेक त सरकाररले ल्याउने हो । उहाँहरुले को–को सँग छलफल गर्ने हो उनीहरुले जान्ने कुरा भयो । सरकारले बिधयेक तयार गरेर ल्याएपछि सदनमा प्रवेश गराउँछ । बिधयेकले सदनमा प्रवेश पाएपछि बिषयगत समितिमा जान्छ र छलफल हुन्छ । हामीसँग त्यस्ता बिषयमा सरकारले छलफल नै गर्दैन । सरकारले बिधयेक तयार गर्नुअघि प्रतिपक्ष दलसँग परामर्श तथा छलफल गर्ने गरेको भए त यी समस्याहरु आउने नै थिएनन ।
    नेपाली कांग्रेसले धेरै पटक यो मुलुकमा बहुमतको सरकारको नेतृत्व गरिसकेको छ, तर यसपटक उ सदनमा प्रतिपक्षमा छ, प्रतिपक्षमा रहेर पनि उसको भुमिका अत्यन्त फितलो रहेको पाइएको छ किन ?
    प्रतिपक्ष, सदनमा संख्या गन्तिमा कमजोर होला तर राष्ट्रिय मुद्दा उठान गर्ने बिषयमा कहीं पनि कमजोर भएको छैन । नेपाली काँग्रेसका सांसदहरुले सदनमा शालीन ढंगले राष्ट्रिय मुद्दाहरु उठाइरहेका छन । तर त्यो कुराले धेरै प्रचारप्रसार पाउन सकेको छैन । हाम्रो संस्कार कस्तो भैसकेको छ भने तोडफोड, होहल्ला, हुलहुज्जत र नेपाल बन्द जस्ता गतिबिधि गरेपछि मात्र प्रतिपक्ष सक्रिय भएको देख्छन । यो मानसिकता गलत छ । हामीले सदनमा आएका जनबिरोधी र बिवादित बिधयेकको बारेमा बाराम्वार कुरा उठाईरहेका छौ । जस्तो चिकित्सा बिधयेक, पुर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र शुशील कोइरालाको नामसंग जोडिएका संरचनाको हटाएको र बजेट कटाएको बिषयमा हामीले बिरोध जनाएपछि सच्चाएको होइन ? राष्ट्रिय मुद्दा उठाउने बिषयमा नेपाली काँग्रेस कहीं पनि पछि परेको छैन, यो आरोपका लागि केवल आरोप मात्र हो । नेपाली काँग्रेसले चुनावमा केही सीट कम ल्याएको पक्कै हो । तर समानुपातिक मतका आधारमा हामी सत्तासिन दल भन्दा थोरै मत अन्तरमा छौं । यो कुरालाई सबैले हेक्का राख्नैपर्छ । अहिले नेपाली काँग्रेस कमजोर छ भनेर रमाउने काम मात्र भैरहेको छ । टेबुल फुटाउने, माइक फ्याँकेर हो हल्ला गरेपछि मात्र भुमिका देखिने होर ? मंहगी, भ्रष्टाचार, बेरोजगारीलगाएतका राष्ट्रिय मुद्दाहरुमा नेपाली काँग्रेस दृढता पुर्वक उभिएकै छ । राष्ट्रिय मुद्दाहरुमा केन्द्रित भएर हामीले संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा वेल र रोष्टम घेर्ने काम पनि गरेका छौ । प्रतिपक्षको काम बिरोध मात्र गर्ने होइन, रचानात्मक भुमिका निर्वाह गर्ने पनि होे । सदनमा सत्तापक्षको बहुमत छ, हामीले बिरोध गरेपनि बिधयेक पास हुन्छ । यो संसदीय पद्धति पनि हो । हाम्रो काम भनेको मुद्दाको उठान गर्ने हो, त्यो काम हामीले बाराम्वार गरिहेकै छौं । प्रतिपक्षमा रहदां अहिलेको सत्तासिन दलको जस्तो ब्रिफकेस कोस्ने, तोडफोड गर्ने र कुर्सी भाच्ने काम नेपाली काँग्रेसले गर्दैन र गर्नु पनि हुँदैन । त्यस्ता क्रियाकलाप संसदको नियम बिपरित हुन्छ । त्यो काम नेपाली काँग्रेसले गर्दैन । नेपाली काँग्रेस भनेको प्रजातान्त्रिक पार्टी हो, प्रजातान्त्रिक ढंगले नै हामी सदनमा प्रस्तुत भैरहेका छौं । हामी अहिले र भोलि पनि यहि भुमिकामा रहनेछौं ।
    तपाईंले नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी भएको र संसदको गरिमा बिरुद्ध जादैन भन्दै गर्दा केहि समय अगाडि मात्र प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि संसदलाई संबोधन गर्न खोज्दा बोल्न नदिइएको कुरा बिर्सनुभयो ?
    संसदीय व्यवस्थाको नियम अनुसार सदन चल्नु पर्छ । संसदको बैठक बस्नु भन्दा अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्छ । त्यो बैठकमा त्यो दिनको रुटिङ बन्छ । के–के गर्ने भन्ने बिषयमा सभामुख, प्रमुख प्रतिपक्ष र सत्तापक्ष बिपक्ष दलका मुख्य सचेतक र सचेतकहरुको बैठकमा भएको सहमति र परामर्शअनुसार नै सदन चलाउनु पर्छ । कुन दलको कुन कुन माननीय सांसदहरुले बोल्ने भन्ने कुरा पहिल्यै तय भएको हुन्छ । सभामुखलगाएतको उपस्थितिमा सबै कुरा टुगिंन्छ । जहाँसम्म प्रधानमन्त्रीलाई संसदमा प्रतिपक्ष दलले घेराउ गरेर बोल्न दिइएन भन्ने सवालमा हाम्रो पार्टीको घोर आपत्ती छ । किनभने प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा संबोधन गर्ने कार्य तय हुनुअघि कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रतिपक्ष दलको नेतालाई दश मिनेट बोल्न दिने सहमति भएको भएको थियो । तर सभामुखले त्यसो गरेनन । शुरुमै प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिएपछि प्रतिपक्षी दलले बिरोध गरेको हो । सहमति गर्ने अनि बोल्न नदिने, यो संसदीय व्यवस्था बिपरित भयो कि भएन । सदन प्रतिपक्षको भन्ने अनि प्रतिपक्ष दलको नेतालाई सहमति अनुसार बोल्न नदिएपछि त्यो घटना भएको हो । यसमा हाम्रो होइन, सभामुखको गल्ति धेरै छ ।
    प्रधानमन्त्रीले संबोधन गरेपछि प्रतिपक्ष दलका नेताले बोलेको भएपनि के बिग्रने थियो र त्यति धैर्यता पनि नेपाली काँग्रेसमा देखिएन नि ?
    सहमति के भएको थियो त्यो प्रमुख बिषय हो, त्यहि अनुसार सदन चल्नुपर्छ । सदन प्रतिपक्षको भन्ने अनि प्रतिपक्षको कुरा सुन्न धैर्यता नगर्ने भन्ने कुरा हुन्छ ? प्रधानमन्त्रीको युरोप भ्रमणमा के कस्ता सहमति, र हस्ताक्षर भए भन्ने कुरा नेपाली जनताले थाहा पाउनु पर्छ भन्ने मान्यता अनुसार नै प्रमुख प्रतिपक्ष दलको नेताले राष्ट्रिय इस्युमा आफ्नो दलको बिचार राख्न दिने सहमति भएको थियो । प्रतिपक्ष दलको बिचार सुन्ने र सदन १० मिनेटको लागि स्थगित गर्ने अनि प्रधानमन्त्रीले जवाफ दिने सहमति भएको पनि भएकै थियोे । सहमति बिपरित एक्कासी सभामुखले प्रधानमन्त्रीलाई बोल्न समय दिएपछि नेपाली काँग्रेसले संसदीय मूल्य मान्यता अनुसार नै बिरोध गरेको हो । सभामुखले भन्नसक्नु पर्दथ्यो आज प्रधानमन्त्रीलाई बोल्न दिउँ भनेर सहमति गराउनु पर्दथ्यो । उहाँले त्यसो गर्न सक्नुभएन । यसलाई सत्तापक्षले तिललाई पहाड बनाएका मात्र हुन । कार्य परामर्श समितिले गरेको निर्णय खुरुक्क कार्यान्वयन गरेको भए यो बिषयले यो रुप लिने नै थिएन ।
    मुलुकमा दुई तिहाईको कम्युनिष्ट सरकार सञ्चालनमा छ, सरकारले गरेका कमी कमजोरीलाई औल्याएर सरकारलाई झकझकाउने भन्दा पनि काँग्रेस आफ्नै कलहमा अल्झिएको छ, किन ?
    प्रतिपक्ष दलले सडक र सदनबाटै सरकारलाई खवरदारी गरिरहेको छ । हाम्रो पार्टीको नेता, आदरणीय सभापति शेरबहादुर देउवाले सदनबाटै वाइडवडी खरिदमा घोटाला भएको भनेर बिरोध जनाएको होइन । गुठी बिधयेक हाउसमा प्रवेश गराउनु हँुदैन भनेर हामीले बिरोध गरेका थियौं, उहाँहरुले जर्वजस्ती गर्नुभयो । चिकित्सा बिधयेक बिरुद्ध पनि हामी बोलेका होइनौ ? हामीले त्यसको खुलेरै बिरोध गरेपछि देशव्यापी आन्दोलन भयो । सरकार आफ्नो अडानबाट पछि हटेको होइन । हामी चुप लागेर बसेका छैनौ । मिडिया सम्वन्धी बिधयेकको पनि हामीले बिरोध गरिरहेका छौं । माथि पनि मैले भनिसके सरकारले गरेका आगामी दिनमा गर्ने हरेक जनबिरोधी कामको प्रतिपक्ष दल नेपाली काँग्रेसले डटेर बिरोध गर्नेछ, गरिरहेको पनि छ । हामीले सरकारले गरेको भ्रष्टाचार, अन्याय र अत्याचारको बिषयमा मिडिया, सडक र जनताका बीचमा बोलीरहेका छौं । हामी प्रजातान्त्रिक शक्ति भएकोले प्रजातान्त्रिक ढंगले नै अगाडि बढने छौं ।
    तपाईंले नेपाली काँग्रेसलाई प्रजातान्त्रिक दल भएको दावी गरिरंहदा सांगठनिक गतिबिधि चाहीं निरकुंश ढंगले चलिरहेको कुरालाई स्वीकार गर्नुहुन्छ कि हुन्न ?
    किन स्वीकार्नु ? हामी वडा, क्षेत्र हुँदै महासमिति, महाधिवेशन हुदैं केन्द्रसम्म चुनिएर आएका हौं । प्रजातन्त्रिक तवरले नै निर्वाचनमार्फत नै चुनिने हो । हो, जिवन्त पार्टीमा केही कमजारी होलान, त्यसलाई नै आधार बनाएर बिरोध गर्नु ठीक होइन ।
    अर्को महाधिवेशन आउन लाग्दासमेत कमिटी फर्मेसन हुन नसक्नुको कारण चाहिं केहो त ?
    हो, यसमा सभापतिको कमजोरी रहेको छ । हामीले बाराम्वार यो बिषयमा सभापतिलाई झकझकाइरहेका छौ । हाम्रो पार्टीको महाधिवेशन निर्धारित समयमा गर्ने बिषयमा निर्वाचन समितिहरु बन्दै छन र, तयारीको सिलसिला अगाडि बढिरहेको छ ।