Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • ७ विपन्न परिवारलाई विधुत मिटर प्रदान

    -

    May 17, 2019 | 54 Views


    खेमराज अधिकारी खोटाङ, ३ जेठ। नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जलपाका ७ विपन्न परिवारलाई विधुत मिटर तथा एम.सि.भि.निशुल्क प्रदान गरेको छ ।

    प्राधिकरणले जालपाका भूमीहिन तिरपाल राई,अति विपन्न कमला श्रेष्ठ,जुक्तमान राई,चन्द्र कुमारी राई,कैलास राई,पविन राई र केसरी राईलाई निशुल्क रुपमा मिटर तथा एम.सि.भि प्रदान गरिएको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले बताएको छ । विपन्न परिवारलाई विधुत मिटर र एम.सि.भि. निशुल्क प्रदान गर्ने सरकारको नीति अनुरुप वडाको शिफारिसका अधारमा विधुत सामग्री प्रदान गरिएको दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेस राय यादबले बताए ।

    प्राधिकरण दिक्तेल वितरण केन्द्रले विपन्न बर्गलाई निशुल्क विधुत मिटर प्रदान गर्ने सरकारको योजना अनुरुप जिल्लाका सबै स्थानीय तहका वडाहरुमा जानकारी गराउनुका साथै निवेदन माग गरेपनि हालसम्म जालपावाट मात्र निवेदन परेको प्रमुख यादबले बताए । उनले भने ‘जालपा बाहेक अन्य स्थानवाट हालसम्म निवेदन आएको छैन,माग आए तत्कालै उपभोक्तालाई मिटर वितरण गर्नेछौ ।’ जिल्लामै पहिलो पटक जालपाका विपन्न बर्गले निशुल्क विधुत मिटर पाएपछि उज्यालोमा बस्ने चाहाना पुरा भएको बताएका छन् । त्यस्तै विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै हालै विधुत महशुल भुक्तानी गर्न अनलाईन सेवा समेत सुरु गरेको छ ।