Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • अनि जन्मिन्छन् कन्हैया कुमारहरु !

    -

    May 10, 2019 | 345 Views


    पवन पाण्डे

    संसार कै ठूलो लोकतन्त्र भारतमा भारतीय जनता पार्टीले सन् २०१४ मा सरकर सम्हालेपछि धेरै उतार चढाव आएका छन् । जुन लहरले मोदीको उदय भएको थियो त्यसले अनेकौं आशा, भरोसा तथा शंका उपशंका जन्माएको थियो । पाँच वर्षपछि भारतमा फेरी लोक सभा निर्वाचन सम्पन्न हुन लागिरहेको छ । विज्ञहरुको अनुसार यो पटक भाजपाले सन् २०१४ को जस्तै लोकप्रिय मत पाउने सम्भावना बलियो छ । यसको मतलब फेरी ५ वर्ष नरेन्द्र दामोदर मोदी प्रधानमन्त्री बन्ने पक्का छ ।

    तर पछिल्लो केही वर्ष देखी एक युवा मोदीको टाउको दुखाइ बनेका छन् । ती युवक न त भारतीय काँग्रेसका सदस्य हुन् न त समाजवादी पार्टीका । ती न त धनि परिवारबाट आयका हुन् न त फिल्मी क्षेत्रबाट । ती त बिहारको बेगुसराईका एक गरिब वामपन्थी परिवारबाट विद्यार्थी राजनीतिमा उदाएका डा. कन्हैया कुमार हुन् जो लोक सभा चुनावमा भाजपा कै केन्द्र सरकारका मन्त्री गिरिराज सिंहसँग लड्दै छन् ।

    उनको राजनैतिक यात्राको कथा एकदमै रोचक छ । भाषण तथा तर्क गर्न अब्बल कन्हैयाको जन्म १३ जनवरी १९८७ मा भारतको बिहारको बेगुसराइमा भएको थियो । गरिब परिवारमा जन्मिएका कन्हैयाकी आमा स्वास्थ्य कार्यकर्ता हुन् जसको आम्दानी मासिक ३००० भारु मात्र रहेको छ । आगनवाडी शिशु स्वास्थ सम्बन्धी एक किसिमको ग्रामिण शिशु स्वस्थ्य केन्द्र हो । पक्षघातबाट पीडित उनका पिताको जैशंखर सिंहको केही वर्ष अघि मृत्यु भइसकेको छ ।


    कन्हैया कै भाषामा भन्नु पर्दा अहिलेको विश्व कै राजनीति केही पुँजीबादीहरुको नियन्त्रणमा रहेको छ जसकारण वहुसंख्यक आम जनताले अभावको जीवन बिताउनु परिरहेको छ । त्यसैले उनको विचारमा वामपन्थी आन्दोलनको फेरी उदय हुने निश्चित छ


    परम्परागत रुपमा कम्युनिष्ट समर्थक परिवारमा जन्मेका कन्हैयाले ६ कक्षासम्म मध्य विद्यालय मस्नादपुरमा, बिहारमा अध्ययन गरेका थिए । १० कक्षा सम्म आर.के.सी स्कुल बरौनीमा अध्ययन गरेपछि उनले राम रतन कलेज मोकामाबाट विज्ञान विषयमा कक्षा ११ र १२ उतीर्ण गरेका थिए । त्यसपछि कलेज अफ कमर्सबाट सन् २००७ मा भूगोलमा स्नातक गरेका उनले नलन्दा खुल्ला विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका थिए । सन् २०११ मा जवाहरलाल नेहरु विश्वविद्यालयको प्रवेश परीक्षामा प्रथम भएपछि उनको अगमन दिल्लीमा भएको थियो । सन् २०१९ को फेब्रुअरीमा उनले जवाहरलाल नेहरु विश्वविद्यालयबाट, ‘अफ्रिकन स्टडिज’ मा विद्यावारिधी गरेका छन् ।

    उच्च जातीको ब्राह्मण परिवारमा जन्मे पनि उनी जातपात मा विश्वास गर्दैनन् । सत्तारुढ भारतीय जनता पार्टीले हिन्दुत्वको वकालत गरिरहेको बेला, कन्हैया धर्मनिरपेक्षताका कट्टर समर्थक हुन् । त्यसैले पनि उनले भारतमा अल्पसंख्यकका रुपमा रहेका मुसलमान समुदायको पनि मन जित्न सफल भएका छन् । उनको विचारमा भारतीय समाज एक इन्द्रेणी जस्तै हो जहाँ सबै जात र धर्मावलम्बीहरु इन्द्रेणीका रंग जस्तै हुन् । सबै रंगको समिश्रणले इन्द्रेणीलाई सुन्दर बनाएजस्तै सबै विविधताको एकता र सम्मानले नै भारतीय समाजलाई सुन्दर बनाउँछ ।

    उनको राजनीति भने जेएनयु पुग्नु अघि नै सुरु भैसकेको थियो । कलेज अफ कमर्समा हुँदा विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए । भारतीय कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनमा ‘अल इंडिया स्टुडेन्ट फेडेरेसन’मा उनी आवद्ध भएका थिए । यतिबेला सम्म उनी भारतीय कम्युनिष्ट पार्टीका सदस्य थिएनन् केवल त्यसको विद्यार्थी संगठनको सदस्य थिए ।


    एक कार्यक्रममा उनले बाबा रामदेव कै अघी रामदेव बाबा होइन ‘लाला’ भएको भन्दै कटाक्ष गरेका थिए । उनी नरेन्द्र मोदी लाई व्यंग्यात्मक रुपमा गोदी जी भन्ने गर्छन ।

    उनको राजनैतिक उचाइ भने सन् २०१५ मा जेएनयुको विद्यार्थी संगठनको अध्यक्षमा निर्वाचित भएपछि बढ्न पुग्यो । सो पदमा निर्वाचित हुने उनी भाकपाको प्रथम विद्यार्थी नेता थिए । उनको राजनैतिक चर्चा तब उत्कर्षमा पुग्यो जब सन् २०१६ फेब्रुअरी १२ तारिकमा उनलाई दिल्ली पुलिसले गिरफ्तार गर्यो । त्यसको भोलि पल्ट जब उनि बिरुद्ध राजद्रोह र अपराधिक क्रियाकलापको मुद्दा लगाइएको तब संसारभरी एउटा तरङ्ग फैलियो । संसारको सबैभन्दा ठूलो लोकतन्त्रमा एक चर्चित शैक्षिक संस्थाका विद्यार्थी नेतामाथीको दमनले संसारलाई नै आश्चर्यचकित पार्यो ।

    जेएनयुमा भारतीय संसदमा आक्रमण गर्ने आतंकवादी अफजल गुरुलाई दिइएको मृत्युदण्डको विरुद्धमा भएको एक कार्यक्रममा भारत विरोधी र पाकिस्तान समर्थित नारा लगाएको आरोपमा उनलाई पक्राउ गरी मुद्दा हालिएको थियो । उनलाई १५ फेब्रुअरीमा पटियाला अदालतमा पेश गराउने क्रममा पनि वकिलको भेषमा आएका व्यक्तिहरुले आक्रमण गरेका थिए ।

    आफूविरुद्धको मुद्दा झुटो भएको बयान कन्हैयाले बारम्बार दिएका थिए । आफू देशभक्त रहेको र कश्मिर पनि भारत कै भूभाग भएको बताउंदै आफू मृत्युदण्डको विरोधी भएको बताएका थिए ।


    कन्हैयालाई त्यति सजिलो पक्कै छैन । नक्सली आन्दोलनले भारतीय कम्युनिष्ट आन्दोलनलाई नकारात्मक स्वरुप दिएकोछ । कम्युनिष्ट विरोधी र सरकारका हिमायतीहरुले कन्हैयासँगै, युवा विद्यार्थी नेता सहेला रसिद, उमर खालिद लगायत लेखक अरुन्धती रोय लगायत माक्सबादी, लेनिनबादी सोच राख्ने सहरवासीहरुलाई ‘अर्बान नक्साल’ भनेर कताक्ष गर्ने गरेका छन् ।

    कन्हैयाविरुद्धको मुद्दाको बिरोधमा सम्पूर्ण भारतमा प्रतिपक्ष दलहरु, शिक्षक, मजदुर, विद्यार्थी लगायत विभिन्न वुद्धिजिबिहरुले व्यापक विरोध गरेका थिए । प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीको ‘हिन्दुत्व अभियान’ को विरोध गरेको कारणले मोदी सरकारले उनी विरुद्द कठोर कदम चालेको धेरैको बुझाइ थियो ।

    प्रमाणस्वरुप उनी विरुद्द प्रयोग गरिएको भिडियो पछि नक्कली साबित भएको थियो । २ मार्चमा उनलाई अदालतले जमानतमा रिहाई गरेको थियो । रिहाईपछि उनले जेएनयुमा दिएको भाषण र उनले गाएको ‘आजादी’ बोलको नारा कन्हैयाको परिचय बन्न पुग्यो ।

    यसले उनलाई एउटा आधार दियो आफ्नो कुरा भन्ने । विभिन्न टिभी कार्यक्रम, बादबिबाद, अन्तर्वाताहरुले उनले विद्वतालाई अझ व्यापक बनायो । उनले धेरै पटक प्रधानमन्त्री मोदीलाई पनि बादविवादको लागि चुनौती दिए तर मोदीले केही प्रतिक्रिया दिएका छैनन् ।

    एक कार्यक्रममा उनले बाबा रामदेव कै अघी रामदेव बाबा होइन ‘लाला’ भएको भन्दै कटाक्ष गरेका थिए । उनी नरेन्द्र मोदी लाई व्यंग्यात्मक रुपमा गोदी जी भन्ने गर्छन ।


    कन्हैयालाई धेरैले भारतीय सहिष्णुताका प्रतिक नेता मान्न थालेका छन् । हिन्दुत्व को एजेण्डा बोकेर सन् २०१४ देखि सत्तामा रहेको भाजपाको शासनमा अल्पसंख्यक मुसलमानमाथी हिंसा बढेको धेरै कलाकार र वुद्दिजिबिको विचार रहेको छ । धेरैले यसको बिरोध स्वरुप राज्यद्वारा दिएको सम्मान र पदक फर्काइसकेका छन् । उनले ‘बिहारदेखी तिहार मेरो राजनैतिक यात्रा’ नामक आत्मवृतान्त २०१६ मा प्रकाशित गरेका छन् । २९ अप्रील २०१८ मा भारतीय कम्युनिष्ट पार्टीको १२५ सदस्यीय राष्ट्रिय परिषद्मा निर्वाचित भएका थिए ।

    सन् २०१९ को लोकसभा निर्वाचनमा भाजपाले जिते देशमा धार्मिक द्वन्द्व फैलिले आंकलन बढिरहेको बेला कन्हैया कुमार बेगुसराईबाट चुनाव लड्दै छन् । उनको प्रतिस्पर्धी भाजपाका केन्द्रीय मन्त्री गिरिराज सिंह हुन् । आगामी मे २३ तरिकमा चुनावको नतिजा प्रकाशित हुनेछ ।

    कन्हैयालाई त्यति सजिलो पक्कै छैन । नक्सली आन्दोलनले भारतीय कम्युनिष्ट आन्दोलनलाई नकारात्मक स्वरुप दिएकोछ । कम्युनिष्ट विरोधी र सरकारका हिमायतीहरुले कन्हैयासँगै, युवा विद्यार्थी नेता सहेला रसिद, उमर खालिद लगायत लेखक अरुन्धती रोय लगायत माक्सबादी, लेनिनबादी सोच राख्ने सहरवासीहरुलाई ‘अर्बान नक्साल’ भनेर कताक्ष गर्ने गरेका छन् । कन्हैया गौरी लंकेसका चेला हुन् । लंकेश कर्णाटककी चर्चित पत्रकार थिइन् जसले सरकारको कटु आलोचना गर्थिन् । उनलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको थियो ।

    गत अप्रिल २९ तारिकमा कन्हैयाको लागि मतदान गरिएको छ । चुनावलाई पारदर्शी बनाउन उनले आफ्नो चुनाव खर्च जनतासामु अपिल गरेर उठाएका थिए । उनको लोकप्रियताको कारणले केही दिन मै भा रु ७० लाख जम्मा भएको थियो । भारतमा मात्रै नभई दक्षिण एसिया मै चुनावका बेला ब्यापक आर्थिक लेनदेन हुने गर्छ जसले भ्रष्टाचारलाई बढावा दिने गरेको छ । उनको यो कदम राजनैतिक भ्रष्टाचार न्यूनीकरण गर्ने एक सबल कदम हो । सधैँ सामान्य पोशाकमा देखिने कन्हैया साधा जीवन उच्च विचारका प्रतिक हुन् ।

    संसारभारी वामपन्थी आन्दोलन कमजोर भइरहेको बेला कन्हैयाको भारतीय राजनीतिमा भएको उदयलाई रोचक ढंगले हेरिएको छ । कन्हैया कै भाषामा भन्नु पर्दा अहिलेको विश्व कै राजनीति केही पुँजीबादीहरुको नियन्त्रणमा रहेको छ जसकारण वहुसंख्यक आम जनताले अभावको जीवन बिताउनु परिरहेको छ । त्यसैले उनको विचारमा वामपन्थी आन्दोलनको फेरी उदय हुने निश्चित छ ।