Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • अर्थ

    पच्चीस अर्बमाथिका आयोजना सीमित प्रतिस्पर्धामा दिन सकिने

    काठमाडौँ, २८ फागुन | सरकारले रु २५ अर्बमाथि लगानीका आयोजनालाई प्रतिस्पर्धाका आधारमा अगाडि बढाउने गरी नयाँ कानूनको प्रस्ताव गरेको छ । सङ्घीय संसद्मा आज दर्ता भएको ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रूततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा ५० किलोमिटर लम्बाइ भएका दुई लेनको सडक, कम्तीमा २५ किलोमिटर लम्बाइ भएको कम्तीमा चार लेनको

    सम्पत्तिको विवरण १५ दिनभित्र बुझाउन निर्देशन

    काठमाडौँ, २७ फागुन । प्रतिनिधिसभा, अर्थसमितिले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग संस्थान, समितिका सार्वजनिक सम्पत्ति के कति छ ? यसको यकिन विवरण १५ दिनभित्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा आज बसेको बैठकले एकीकृत सार्वजनिक सम्पत्ति अभिलेखको कार्यलाई थप प्रभावकारी बनाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई

    अलैँचीले पाएन मूल्य

    भोजपुर, २७ फागुन । अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् । मूल्य घटेपछि अहिले ठेकेदारले प्रतिमन रु २० देखि २५ हजारमा

    तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात १९ लाख

    काठमाडौँ, २६ फागुन |समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा ओरेण्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतले रु १६ अर्ब एक करोड ४५ लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने देखिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको सो समितिले लामो समय लगाएर गरेको अध्ययनअनुसार भुक्तानी गर्नुपर्ने दायित्वको तुलनामा असाध्यै न्यून मात्रै रकम बैंकमा मौज्दात

    करोडौँ रकम बेरुजु

    जीतपुर, २६ फागुन । जनप्रतिनिधिमा देखिएको अन्योलले प्रदेश नं ५ अतर्गत कपिलवस्तु जिल्लाको स्थानीय तहमा जनअपेक्षा अनुसार विनियोजित रकम खर्च हुन नसक्दा करोडौँ रकम बेरुजु भएको छ । हरेक वर्ष बजेट विनियोजन गरी विकास निर्माणका योजना अघि बढाइए पनि कतिपय योजना अधुरै छन् । काम पूरा नगर्दा पेश्की लगेको रकम फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था भए

    आइएमई र क्योदाइ रेमिट्यान्सबीच जीवन बीमा सम्झौता

    काठमाडौँ, २६ फागुन । जापानस्थित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्सले आइएमई अन्तर्गत ‘तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिबद्धताकासाथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवन बीमा योजना ल्याएको छ । योजनाअन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य व्यक्तिलाई पैसा पठाउँदा नेपालमा आइएमईमार्फत भुक्तानी पाउनुहुने व्यक्तिले भुक्तानी पाएको दिन देखी रु पाँचलाखको १ बर्षे दुर्घटना

    प्रहरी अस्पतालमा भ्रष्टाचार

    विरामीको भातमा घोटला काठमाडौँ । केही समय अघिदेखि मात्रै सर्वसाधारण नागरिकलाई समेत सेवा दिन  थालेको महारागञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भ्रष्टाचार भइरहेको छ । अस्पतालको उपकरण खरीदमा भ्रष्टाचार गर्न भ्याएका उच्चपदस्थ अधिकारीहरुले त्यहाँ उपचारार्थ भर्ना भएका बिरामीहरूलाई दिइने खाना तथा खाजामा ठूलो अनियमितता गरिरहेको समाचार स्रोतले बताएको छ ।     बिरामीलाई खुवाउने रासनको ठेक्का पाएका

    ४ वर्षदेखि एयर कार्गोको ठेक्का अलपत्र

     अदालतको बारम्बार अवज्ञा काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मातहतको एयर कार्गो भवन ठेक्कामा दिन चार वर्ष अघि गरेको वोलपत्र अहिलेसम्म अलपत्र परेको छ । विमानस्थलअन्तर्गतको एयर कार्गो भवन ठेक्कामा दिन गरिएको वोलपत्र आजसम्म अलपत्रपार्दा प्राधिकरणलाई करीब ४० करोड रुपैयाँ घाटा मात्रै भएको छैन विद्यमान ऐन कानुनको समेत खिल्ली उडाउने काम भइरहेको

    लगानी सम्मेलनलाई कानुन संशोधन

    काठमाडौं । सरकारले आगामी चैत १५ र १६ गते गर्न लागेको लगानी सम्मेलनमार्फत विदेशी लगानी भित्र्याउनका लागि झन्झट हुने कानुन संशोधन गरी सहज हुने नयाँ कानुन ल्याउने तयारी गरेको छ । सरकारले मुलुकमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले प्रक्रिया पुर्र्याएर निवेदन दिएको १५ दिनभित्रै स्वीकृति दिने गरी कानुन तयार गरेको छ । वैदेशिक लगानी आकर्षित

    युवा उद्यमीले सहुलियत ऋण पाएनन्

    राँझा, २२ फागुन । सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रममा सहभागी यहाँका युवा उद्यमीले समयमै सहुलियत ऋण प्राप्त गर्न नसक्दा निराश भएका छन् । जिल्ला युवा समितिको कार्यालय बाँकेमार्फत स्वीकृत व्यवसाय योजनाअनुसार गाउँमै उद्यम व्यवसाय गर्न तयार भएका युवा समूहलाई ऋण लगानी नभएपछि उनीहरुले सञ्चालन गरेको उद्यम समेत अलपत्र अवस्थामा पुगेको छ । स्वदेशमै बिनाब्याज