Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • स्वास्थ्य

    हेलिकप्टरमै मृत शिशुको जन्म, सुत्केरीको अवस्था गम्भीर

    रुकुम (पूर्व), ३ जेठ। रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ । अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल

    महाकाली अञ्चल अस्पतालमा औषधि अभाव

    भीमदत्तनगर, ९ वैशाख । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ । औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरीदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ । अञ्चल अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र

    दादुराका बिरामीको संख्या ३०० प्रतिशत वृद्धि

    जेनेभा, ३ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाई छ ।

    परिवार नियोजन सेवाको पहुँचमा सुधार आएन

    काठमाडौँ, ३ वैशाख । नेपालले बृहत्तर प्रजनन स्वास्थ्य, ऐच्छिक परिवार नियोजन र सुरक्षित प्रसूति सेवामा जनताको पहुँच सुनिश्चित गराउने प्रतिबद्धता व्यक्त गरेको २५ वर्ष पुगेको छ । जनसङ्ख्या र विकासका लागि कायरोमा सन् १९९४ मा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित १७९ ले सो प्रतिबद्धतामा हस्ताक्षर गरे पनि नेपालले ती क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन ।

    सामुदायिक विद्यालयले गर्‍यो स्वास्थ्यकर्मी नियुक्त

    रोल्पा, २९ चैत । रोल्पाको एक सामुदायिक विद्यालयले विद्यार्थीका लागि स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयले सो सेवा दिने भएको हो । आफ्नै स्रोतबाट स्वास्थ्यकर्मी नियुक्त गरी विद्यालयबाटै विद्यार्थीलाई नियमित स्वास्थ्य सेवा दिने भएको हो । शैक्षिक सत्र २०७६ को वैशाखदेखि स्वास्थ्यकर्मी भर्ना गर्न विद्यालयले विज्ञापनसमेत प्रकाशित

    प्रतिबन्धित औषधि बरामद

    भद्रपुर, २८ चैत । झापाको दक्षिण सीमावर्ती नाका केचनाकवल पछिल्लो समय भारतीय औषधि नेपाल भित्र्याउने तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । बुधबार पनि नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डको रु ९० हजार मूल्य बराबरको औषधिसहित दुई जनालाई सोही नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट केचनाबाट खटिएको सशस्त्र

    भक्तपुरमा फेरि बर्डफ्लु

    भक्तपुर, २७ चैत । सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिएपछि गए राति कुखुरा मारिएको छ। फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पाइएपछि गए राति दुई हजार २०० ब्रोइलर कुखुरा नष्ट गरिएको

    ९८० मा एचआइभी सङ्क्रमण

    डोटी, २६ चैत । जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्क अनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै (पहिचान भएका) ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो । सङ्क्रमितमध्ये महिलाको सङ्ख्या ५७० रहेको छ भने ३६० पुरुष रहेका छन् । त्यस्तै पचास बालबालिका एचआइभी सङ्क्रमण रहेको पाइएको छ

    खोटाङमा निःशुल्क आँखा शिविर

    खोटाङ, २५ चैत । दिक्तेलस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ८२९ को उपचार गरिएको छ । नेत्रज्योति सङ्घ खोटाङको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा चैत २२, २३ र २४ गते तीनदिने शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक

    सुर्तीजन्य पदार्थ निषेध

    विराटनगर, २५ चैत । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ । समाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध गरेको घोषणा गर्नुभएको हो । मन्त्रालयलद्वारा आइतबार आयोजित कार्यक्रममा चुरोट, बिँडी,