Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • स्वास्थ्य

    २६ हजार कुखुरा नष्ट

    हेटौँडा, ४ चैत्र | हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । उक्त क्षेत्रमा कृषकका २८ फार्मका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लू रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौँबाट आएको पशु चिकित्सक तथा

    चिकित्सक आएपछि खुशियाली

    गलकोट, ४ चैत | कुनै समय एक चिकित्सकको भरमा चलेको बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालले अहिले विशेषज्ञसहितको सेवा उपलब्ध गराउँदा जनाता खुशी भएका छन् । साविक धौलागिरि अञ्चलकै एकमात्र सुविधा सम्पन्न उक्त अस्पतालमा लामो समयपछि विशेषज्ञ चिकित्सक आएकाले जिल्लावासी खुशी भएका हुन् । हाल अस्पतालमा आधा दर्जन भन्दाबढी विशेषज्ञसहितका चिकित्सकले भएकाले बिरामीको सङ्ख्या पनि वृद्धि भएको

    काठमाडौँमा बर्डफ्लु

    काठमाडौँ, ३ चैत | काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा जयप्रकाश राय यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष पनि यहाँ हाँसमा

    पाठेघरसम्बन्धी समस्या बढी

    दाङ, २ चैत | महिलामा पाठेघरसम्बन्धी समस्या बढी रहेको छ । विशेष गरेर जिल्लाका ग्रामीण समुदायमा बसोवास गर्ने महिला यो रोगबाट बढी पीडित हुने गरेको तुलसीपुर उपमहानगरपालिका–१ को भ्युडर सुनपुरमा आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलाको सङ्ख्याले सो कुरा पुष्टि गरेको हो । यस्तै समस्या भएकी महिलामध्ये एक तुलसीपुर उपमहानगरपालिका–१ पवन

    महोत्तरीमा सयभन्दा बढी कुष्ठरोगी

    गौशाला, १ चैत । महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको खुलासा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अधिकृत विनोद झाका अनुसार १० नगरपालिका तथा पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको बताउनुभएको छ । उहाँले जिल्लाको १३३ जना कुष्ठरोगीमध्ये ७४ जनामा बढी सर्ने कीटाणुको सङ्क्रमण रहेको तथा ५९ जनामा कम सर्ने कीटाणुको सङ्क्रमण

    हेटौँडामा बर्डफ्लु

    हेटौँडा, ३० फागुन | दुई साताअघि हेटौँडामा हजारौँ कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरी सकिएको छ । हेटौँडाका किसान कुलप्रसाद चौलागाईंले पाल्नुभएको कुखुराको नमूना परीक्षणमा बर्डफ्लुको जिवाणु रहेको पुष्टि भएको हो । दुई

    तीनदेखि व्यथाः शिशुको हात मात्र बाहिर

    हुम्ला, ३० फागुन | जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ । महिलाको ज्यानको खतरा रहेकाले

    मिर्गौला दिवसमा प्रधानमन्त्री

    काठमाडौँ, ३० फागुन | विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको छ । कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्नेमा जोड

    नयाँ अर्बुदरोग अस्पताल बन्ने

    चितवन, २९ फागुन | निजी क्षेत्रबाट देशकै ठूलो अर्बुदरोग अस्पताल स्थापना हुने भएको छ । जिल्लामै रहेको सरकारी अस्पताल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी अध्यक्ष र कार्यकारी निर्देशक भई काम गरिसक्नुभएका डा भक्तमान श्रेष्ठको नेतृत्वमा अस्पताल निर्माण गर्न लागिएको हो । न्युटन हस्पिटलको नामबाट सञ्चालन हुने सो अस्पताल भरतपुर महानगरपालिका–८ सल्यानी टोलमा तीन बिघा

    कुष्ठरोगका कारण अपाङ्ग बन्दै

    ललितपुर, २७ फागुन । कुष्ठरोगप्रतिको गलत दृष्टिकोणका कारण ढिलो उपचार हुँदा यो रोग लागेका बिरामी अङ्गभङ्ग भइरहेका छन् । समयमै उपचार गर्दा शरीरको कुनै पनि भाग नबिग्रने भए पनि उपचारका लागि बिरामी ढिलो अस्पताल पुग्दा बिरामी अङ्गभङ्ग हुने आनन्दवन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो । यो रोगको उपचारमा ढिलाइ गर्दा हातखुट्टामा लाटोपना (स्पर्श शक्ति