Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • समाचार

    प्रेस काउन्सिल नेपालद्वारा विभिन्न पुरस्कारहरू प्रदान

    राष्ट्रपति भवन शीतल निवासमा २०७६ असोज ६ गते सोमबार आयोजित प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सव तथा पुरस्कार विरतण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालद्वारा हरेक वर्ष प्रदान गर्ने विभिन्न पुरस्का समेत प्रदान गर्नुभयो । सो अवसरमा गोविन्दबहादुर थापालाई एक लाख ५१ हजार रुपियाँ राशिको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार, डा.सुरेश आचार्यलाई एक लाख

    कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएसनमा नयाँ कार्यसमिति चयन

    काठमाडौं । कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएसनले नेपाल भ्रमण २०२० सफल बनाउन होटल व्यवसायीको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गएको आइतबार कंलकीमा आयोजित कार्यक्रमा प्रमुख अतिथि बक्ताको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईलाई बोलाइएको भएपनि समय दिएर पनि मन्त्री उपस्थित भएनन । कार्यक्रममा माननीय मन्त्रीको उपस्थित नभएपछि काठमाडौं

    सेती नदीले सात जनाको ज्यान लियो

    डोटी – डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करीब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले बर्सेनि यहाँका स्थानीयवासीको

    सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

    काठमाडौं, ३० असार झपा र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । झापा, कन्काई नगरपालिका(३ पश्चिम बस स्टेसनस्थित सडकमा आइतबार दिउँसो को।१४ प ९२७४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका कोटिहोम बस्ने ९० वर्षीय ईन्द्र प्रसाद न्यौपानेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल

    अवैध लागूऔषध सहित पक्राउ

    काठमाडौं, ३० असार पर्सा, वीरगंज महानगरपालिका(१६ भानुचोकबाट चितवन खैरनी नगरपालिका(७ बस्ने ४० वर्षीय मिश्रीलाल साहलाई नियन्त्रित लागूऔषध फेनारगन १ सय ५० एम्पुल, नोर्फिन १ सय ५० एम्पुल, डाईजेपाम १ सय ५० एम्पुल र मोबाईल २ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला

    अवैध लागूऔषध सहित पक्राउ

    काठमाडौं, १४ असार बहुदरमाई नगरपालिका(४ स्थितबाट सोही स्थान बस्ने ५८ वर्षीय मदन साह र भारत घर भएका ३५ वर्षीय सुनिल महतोलाई अवैध लागूऔषध गाँजा करिब ३५ केजी सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डकैलाबहुअरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप

    राष्ट्रिय बृक्षारोपण दिवसमा प्रहरीद्वारा वृक्षारोपण

    काठमाडौं, १४ असार राष्ट्रिय बृक्षारोपण दिवश २०७६ को अवसरमा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा शनिबार विभिन्न जातका ग‌री जम्मा ४० हजार ८ सय ३० वटा विरूवा वृक्षारोपण गरेको छ । जसमध्ये प्रहरी प्रधान कार्यालयमा १०, महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ४ हजार २ सय १६, १ नम्बर प्रदेश प्रहरी

    आफ्नै दाजुलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

    पर्सा, ३ जेठ। आफ्नै दाजु शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा जिराभवानीपुर गाउँपालिका-१ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण सो घटना भएको हुन सक्ने प्रहरीले बताएको छ। प्रहरीले शेख सेरामुद्धिनको साथबाट एउटा कटुवा पेस्तोल ३ राउण्ड गोली र एउटा खोका फेला पारेको थियो

    गुठीको घरजग्गामा व्यापारीको मस्ती

    पुननिर्माण रोक्न झुटो इतिहासको सहारा काठमाडौं । काठमाडौंकै पुरानो सहर भनेर चिनिने असन चोकमै रहेको वायुदेवता गुठीको घरजग्गा केही स्थानीय वासिन्दाहरुले कब्जा गरेका छन् । २०७२ सालमा गएको विनासकारी भुकम्पले जिर्ण बनाएको उक्त घर भत्काएर नयाँ निर्माण गर्नलाई पनि उनीहरुले अवरोध खडा गरिरहेका छन् । गुठी संस्थानले जिर्ण बनेको पुरानो घर भत्काएर सोही स्थानमा नयाँ

    सालपीदेवी प्राविमा बालमैत्री कक्षा सञ्चालन

    खेमराज अधिकारी, खोटाङ, ३ जेठ। बालबच्चाको शैक्षिक गुणस्तर बृद्दि गर्न जिल्लाको एक विध्यालयले बालमैत्री कक्षा सञ्चालनमा ल्याएको छ । जिल्लास्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याँङको सालपीदेँवी प्राथमिक विधालयमा एक कोठे बालमैत्री कक्षाकोठा सञ्चालनमा ल्याएको हो । वडा कार्यालय लफ्याँङवाट विनियोजित ९० हजार लागतमा विधालयमा रहेको पुरानो भवनलाई मर्मत गरेर मंगलबारबाट सञ्चालनमा आएको भवनको एक कार्यक्रमका