Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • प्रशासन

    एक हजार कर्मचारी कारवाहीका लागि सिफारिस

    काठमाडौँ, २९ फागुन । राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराउनुभयो । उहाँका अनुसार छड्ेक अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८९७ र तोकिएको पोशाक नलगाउने

    शिक्षकविनाका कम्प्युटर शिक्षा

    जाजरकोट, २९ फागुन । चार वर्ष अघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन् । विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुननसकेको हो । कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताव भट्याएर विद्यार्थीलाई पढाउने गरेका छन् । कार्यालयले उपलब्ध गराएको कम्प्युटर खोल्ने र बन्द गर्नेबाहेक अन्य काम

    मृतकको नाममा भत्ता

    काठमाडौँ, २८ फागुन | नागरिकको सेवाका लागि भनेर शपथ खाएका सरकारी कर्मचारीले मृतकको नाममा आफ्नै औँठाछापको प्रयोग गरी राज्य कोषको रकम दुरुपयोग गरेको फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दर्ता गरेको एक मुद्दामा त्यस्तो कुराको खुलासा भएको हो । दैलेखको साविक द्वारी गाउँविकास समितिका सहलेखापाल छविराम शर्माले मृतकका नाममा सामाजिक

    ‘पदको दुरुपयोग गर्नेलाई कारवाही हुन्छ’

    चितवन, २७ फागुन | नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको पदको दुरुपयोग गर्नेलाई कारवाही गरिने बताउनुभएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा निर्मित प्रहरी व्यारेक भवनको आज उद्घाटन गर्दै उहाँले पदको दुरुपयोग गर्ने र गर्न उक्साउने दुवैलाई कारवाही गरिने बताउनुभयो । अहिले प्रहरीले नकारात्मक काम निरुत्साहित गर्न अभियान सञ्चालन गर्न लागेको खनालले बताउनुभयो ।

    कीर्ते गरेको अभियोगमा मुद्दा

    काठमाडौँ, २७ फागुन | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानूनले तोकेभन्दा कम राजश्व लिई जग्गा पास गरेको अभियोगमा मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मालपोत कार्यालयका तत्कालीन अधिकृत पदमप्रसाद अर्याल, तत्कालीन नायब सुब्बाद्वय दयाराम खत्री र लेखनाथ भट्टराईलाई रु ५२ हजार ७१ बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले आरोप

    सम्पत्तिको विवरण १५ दिनभित्र बुझाउन निर्देशन

    काठमाडौँ, २७ फागुन । प्रतिनिधिसभा, अर्थसमितिले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, आयोग संस्थान, समितिका सार्वजनिक सम्पत्ति के कति छ ? यसको यकिन विवरण १५ दिनभित्र बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको छ । समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा आज बसेको बैठकले एकीकृत सार्वजनिक सम्पत्ति अभिलेखको कार्यलाई थप प्रभावकारी बनाउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई

    प्याब्सनमा पुरी समूहको उम्मेदवारी घोषणा

    काठमाडौँ, २७ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि टीकाराम पुरी समूहले आज उम्मेदवारी घोषणा गरेको छ । यहाँ पत्रकार सम्मेलन आयोजना गरेर पेशागत व्यावसायिक समूहबाट पुरीसमूहले उम्मेदवार घोषणा गरेको हो । अध्यक्षका उम्मेदवार पुरीले निजी क्षेत्रका विद्यालयमा देखापरेका समस्यालाई सम्बोधन गर्न आफ्नो समूहको उम्मेदवारी दिने बताउनुभयो

    प्याब्सन महाधिवेशन

    काठमाडौँ, २७ फागुन । निजी विद्यालयलाई सेवामुखी बनाउन सरकारले नीतिगत पहल गरेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) १४औँ राष्ट्रिय महाधिवेशनमा होमिएको छ । निजी (संस्थागत) विद्यालयले मनोमानी शुल्क लिई व्यापारीकरण गरेको अभिभावक र विद्यार्थीको आलोचना भएपछि सरकारले भविष्यमा सेवामुखी रूपमा मात्र निजी विद्यालय खोल्न पाउने नीति ल्याउने तयारी गरेकाले विद्यालय सञ्चालकमा लगानीको सुरक्षाको

    शून्य समयमा उठाइएका जनचासोका कुरा

    काठमाडौँ, २६ फागुन । प्रतिनिधिसभामा सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको सहमति, महिला आयोगमा पदाधिकारी नियुक्ति, जनकपुर–जयनगर रेल, नारायणी नदीमा पुल निर्माणलगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद अञ्जना विशङ्खेले लामो समयदेखि राष्ट्रिय महिला आयोग पदाधिकारीविहीन अवस्थामा रहनु सुहाउँदो कुरा नभएको बताउनुभयो । सांसद आशाकुमारी

    ४ वर्षदेखि एयर कार्गोको ठेक्का अलपत्र

     अदालतको बारम्बार अवज्ञा काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मातहतको एयर कार्गो भवन ठेक्कामा दिन चार वर्ष अघि गरेको वोलपत्र अहिलेसम्म अलपत्र परेको छ । विमानस्थलअन्तर्गतको एयर कार्गो भवन ठेक्कामा दिन गरिएको वोलपत्र आजसम्म अलपत्रपार्दा प्राधिकरणलाई करीब ४० करोड रुपैयाँ घाटा मात्रै भएको छैन विद्यमान ऐन कानुनको समेत खिल्ली उडाउने काम भइरहेको