काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले शैलुङ कन्सट्रकसन कम्पनी सिआइपिएलको जेभीलाई २५० किलोमिटर पाइप लाईन र ओभरहेड ट्याङ्की निर्माणको माम जिम्मा लाएकोमा करिब ९ महिना वितेको छ । कामको जिम्मा लिएर शुरुवात नै नगरेको उक्त कम्पनीलाई आयोजनाले काम शुरुवात गर्न लगाएको बताएको छ । प्राविधिक पक्ष र ठेक्का सम्बन्धमा कुनै समस्या नभएको
वीरगञ्ज, ३ जेठ। नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन अन्तर्गत जमिनमुनी पाइप लाइन बिछ्याउने काम अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ (अढाइ) किलोमिटर मात्रबाँकी रहेको छ । पाइपलाइन बिछ्याउने क्षेत्रमा करीब नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले सो क्षेत्रमा छ हजार ५०० ठूलासाना रुख काटिने काम सम्पन्न भइसकेको छ
सन्दर्भ राष्ट्रपति भ्रमण: नेपाल चीनसम्बन्ध नयाँ उचाई काठमाडौँ । झण्डै दुई दशकअघि तत्कालिन चिनियाँ राष्ट्रपति जीयाङ जेमिनले काँग्रेस संसदीय दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई वेङजिङमा स्वागत गर्दै भनेका थिए–‘नेपाल र चीनकाबीच रहेको उच्च हिमालय श्रृंखला दुई देशबीचको मित्रतामा बाधक बन्न सक्दैन ।’ दुई दशकपछि सोही भनाइलाई पुर्नपुष्टि गर्दै उत्तरतर्फको विशाल छिमेकी चीनले राष्ट्रपति
वीरगञ्ज, १६ वैशाख । दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ । बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ओछ्याउने पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ
काठमाडौँ, १६ वैशाख । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल
काठमाडौँ, १५ वैशाख । चीनको राजधानी बेइजिङस्थित चिनियाँ राष्ट्रिय सम्मेलन केन्द्रमा गत बिहीबारबाट सुरू भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)’ को दोस्रो अन्तर्राष्ट्रिय सहकार्य सम्मेलनमा शुक्रबार बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गरेपछि औपचारिक रुपमा सुरु भएको हो । चीन र यहाँका उच्च अधिकारीको विचारमा बिआरआई सबै समस्या समाधानको साँचो नै विकास हो भन्ने विचारलाई मूल
काभ्रेपलाञ्चोक, १५ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताउनुभएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने बारेमा सरकार पछि नहटेको जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “एयरपोर्टका लागि बनेपाको नागीडाँडा उपयुक्त
काठमाडौं,१२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिना भित्र भूकम्पले क्षतिग्रस्त भएका संरचना निर्माण भइसक्ने बताउनुभएको छ । गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले केही सम्पदा बाहेक निजी आवास र सरकारी भवनहरु यस अवधीमा निर्माण भइसक्ने बताउँदै पुनर्निर्माणमा कुनै विवाद
काठमाडौँ, ८ वैशाख । काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए पनि हालसम्म जमीनमुनिकै काम गरिरहेकाले ठेकेदारको माग अनुरुप समय थप गरिएको कामपाले जानकारी गराएको छ । निर्माणको कामअन्र्तगत अहिले जमीनमुनिको काम भइरहेको
भोजपुर, ८ वैशाख । सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्नका लागि शिलान्यास गरिएको छ । सडकको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार शिलान्यास गर्नुभएको हो । प्रदेश सरकारको कार्यक्रमअनुसार पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत रु १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सडक कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी