Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • राजनीति

    राष्ट्रपति भण्डारी र जापानको सत्तारुढ पार्टीका उपप्रमुखबीच भेटवार्ता

    बेइजिङ, १६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता गर्यो । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो । उक्त अवसरमा

    बिआरआइले जोड्न खोजेको विश्व

    काठमाडौँ, १५ वैशाख । चीनको राजधानी बेइजिङस्थित चिनियाँ राष्ट्रिय सम्मेलन केन्द्रमा गत बिहीबारबाट सुरू भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)’ को दोस्रो अन्तर्राष्ट्रिय सहकार्य सम्मेलनमा शुक्रबार बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गरेपछि औपचारिक रुपमा सुरु भएको हो । चीन र यहाँका उच्च अधिकारीको विचारमा बिआरआई सबै समस्या समाधानको साँचो नै विकास हो भन्ने विचारलाई मूल

    राष्ट्रपति भण्डारी चीन प्रस्थान

    काठमाडौं , ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकिय भ्रमण बुधबारबाट शुरु भएको छ । बेइजिङमा आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन राष्ट्रपति बेइजिङ प्रस्थान गर्नुभएको हो । यस भ्रमणको अवसरमा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता र सम्झौतामा हस्ताक्षर हुनसक्ने बताइएको छ । राष्ट्रपति भण्डारीको चीन भ्रमणका

    धर्मका नाममा आन्दोलन गर्नु अनुचित : मन्त्री बाँस्कोटा

    काभ्रेपलाञ्चोक, ११ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक समृद्धिको बाटोमा लम्किरहेका बेला धर्मका नाममा आन्दोलनको हौवा फिँजाइएको बताउनुभएको छ । जिल्ला समन्वय समितिको जिल्लास्तरीय समीक्षा तथा तेस्रो जिल्लासभा बैठकको मंगलबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “धर्म नामधारी आन्दोलन नौटङ्की मात्रै हो, इतिहासले किनारा लगाइसकेको तत्व सल्बलाए भने कानूनले ठीक पार्छ ।” उहाँले

    विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुखसहित दुई पक्राउ

    गोरखा १०, वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन् । प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका रिजाललाई राजद्रोहअन्तर्गत मुद्दा

    काँग्रेसका केही नेता राजतन्त्र ब्यूताउँने प्रयासमा: प्रम ओली

    काठमाडौं,१० बैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को एकतामा देश नै खुशीहुनु पर्ने बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी स्थापनाको ७० औं बार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । नेपालमा पहिलो पटक कम्यूनिष्ट पार्टीको सुदृढ बहुमत सहितको सरकार बनेको, दुईवटा ठुला वाम पार्टी एक भएको सन्दर्भमा देशले नै खुशी

    ७० औँ स्थापना दिवस मनाईँदै

    ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो काठमाडौँ, ९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७० औं पार्टी स्थापना दिवस मनाउँदै छ । नेकपाले आज प्रज्ञाभवन कमलादीमा पार्टीको स्थापना दिवस मनाउन लागेको हो । कमलादीमा हुने विशेष कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ । ७० वर्षअघि अर्थात सन् १९४९ को अप्रिल २२ मा नेपाल

    आजै एकता, भोली घोषणा: प्रचण्ड

    काठमाडौं, ८ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन विश्वमा रक्षात्मक हुँदा नेपालमा आक्रामक रुपमा अगाडि बढेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस तथा नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पु-याएका व्यक्तिहरुलाई सम्मान कार्यक्रमलाई आइतबार काठमाडौंस्थित सभागृहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो

    वामदेवलाई अर्को झड्का

    काठमाडौं । देशभर वाम लहर चलेर झण्डै दुईतिहाई मत हासिल भएको अवस्थामा बर्दियाबाट अप्रत्यासित हार ब्यहोरेका नेकपाका नेता वामदेव गौतमलाई अर्को झड्का लागेको छ । उपनिर्वाचन मार्फत संघीय सांसदमा प्रवेश गरेर प्रधानमन्त्री बन्ने तानावाना बुनिरहेका नेता गौतमलाई बर्दियावासीले काठमाडौंमा छुट्टा–छुट्टै भेला गरेर झड्का दिएका छन् । समाचार अनुसार नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान

    संयोजक थापासहित १७ जना पक्राउ

    काठमाडौँ, ४ वैशाख । बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका संयोजक उज्वल थापासहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत कमलपोखरीले जनाएको छ । पक्राउ गरिएका नेता र कार्यकर्तालाई महानगरीय प्रहरी वृत कमलपोखरीमा राखिएको बताइएको छ । आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत थापाले,