Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • समाज

    द्वन्द्व पछिको विकास हेरेर फर्किए प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनाम र कम्बोडियाको सात दिने भ्रमणपछि हिजो मात्र स्वदेश फर्किनुभएको छ । वैशाख २६ गतेबात शुरु भएको भ्रमणको शुरुका पाँच दिन भियतनाम र बाँकी तीन दिनको समय कम्बोडियामा बिताएका प्रधानमन्त्रीको यस भ्रमणलाई कतिपयले अनावश्यक र वेमौसमी भन्दै हल्का टिप्पणी गर्न पनि भ्याएका थिए । तर, चरम द्वन्द्वमा

    आफ्नै दाजुलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

    पर्सा, ३ जेठ। आफ्नै दाजु शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा जिराभवानीपुर गाउँपालिका-१ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण सो घटना भएको हुन सक्ने प्रहरीले बताएको छ। प्रहरीले शेख सेरामुद्धिनको साथबाट एउटा कटुवा पेस्तोल ३ राउण्ड गोली र एउटा खोका फेला पारेको थियो

    सालपीदेवी प्राविमा बालमैत्री कक्षा सञ्चालन

    खेमराज अधिकारी, खोटाङ, ३ जेठ। बालबच्चाको शैक्षिक गुणस्तर बृद्दि गर्न जिल्लाको एक विध्यालयले बालमैत्री कक्षा सञ्चालनमा ल्याएको छ । जिल्लास्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याँङको सालपीदेँवी प्राथमिक विधालयमा एक कोठे बालमैत्री कक्षाकोठा सञ्चालनमा ल्याएको हो । वडा कार्यालय लफ्याँङवाट विनियोजित ९० हजार लागतमा विधालयमा रहेको पुरानो भवनलाई मर्मत गरेर मंगलबारबाट सञ्चालनमा आएको भवनको एक कार्यक्रमका

    हेलिकप्टरमै मृत शिशुको जन्म, सुत्केरीको अवस्था गम्भीर

    रुकुम (पूर्व), ३ जेठ। रुकुम (पूर्व) की एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिनुभएको छ । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ । अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल

    ७ विपन्न परिवारलाई विधुत मिटर प्रदान

    खेमराज अधिकारी खोटाङ, ३ जेठ। नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले जलपाका ७ विपन्न परिवारलाई विधुत मिटर तथा एम.सि.भि.निशुल्क प्रदान गरेको छ । प्राधिकरणले जालपाका भूमीहिन तिरपाल राई,अति विपन्न कमला श्रेष्ठ,जुक्तमान राई,चन्द्र कुमारी राई,कैलास राई,पविन राई र केसरी राईलाई निशुल्क रुपमा मिटर तथा एम.सि.भि प्रदान गरिएको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले बताएको छ । विपन्न

    खोटाङका पत्रकारले बाँधे कालोपट्टी

    खेमराज अधिकारी, १ जेठ, खोटाङ । सरकारले हालै ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग गर्दै खोटाङका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर विधेयकको विरोध गरेका छन् । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आह्वान गरेको देशव्यापी आन्दोलन अनुसार बुधबार जिल्ला सदरमुकाम दिक्तेलको त्रिवेणी चोकमा भेला भएका जिल्लाका पत्रकारहरुले विधेयकको विरोधस्वरुप हातमा कालोपट्टी बाँधेर काम गरेका छन

    आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    खोटाङ, १ जेठ । आफ्नै ९ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा केपिलाशगढी गाउँपालिका-३ वासपानी बस्ने झापा केर्खा-५ का ५० वर्षीय पुरुषलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बतएक छ ।

    गोरुले हानेर मृत्यु

    भद्रपुर, १ जेठ । आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो । चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो । एकान्त स्थानमा

    चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति

    भद्रपुर, ३१ वैशाख । नेपाल चिया उत्पादक सङ्घले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए । सोमबार साँझ विर्तामोडमा नेपाल चिया उत्पादक सङ्घ

    लाभग्राहीको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण शुरु

    खोटाङ, ३० वैशाख । जिल्लामा भूकम्पीय आवास अनुदान लिनबाट वञ्चित क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट घरमा क्षति पुगे पनि निजी आवास अनुदान लिन छुट भएका पीडितको क्षतिग्रस्त घरको पुनःसर्वेक्षण तथा पुनःजाँचको काम थालिएको हो । दश स्थानीय तह रहेको जिल्लाका ७९ वडा