Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • समाज

    १० हजार लिटर अवैध मदिरा नष्ट

    काठमाडौं, ३० वैशाख । बुढानिलकण्ठ नगरपालिका तथा गोकर्णेश्‍वर नगरपालिका त्रिवेणीचोक लगायतका विभिन्‍न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको करिब १० हजार ९ सय लिटर अवैध आइतबार दिउँसो नष्ट गरेको बताएको छ । उक्त मदिरा स्थानिय बासिन्दा, वडा प्रतिनिधि र संचारकर्मीहरुको रोहबरमा नष्ट गरिएको थियो । महानगरीय प्रहरी वृत्त वौद्ध र महानगरीय प्रहरी प्रभाग कपनबाट संयुक्त रुपमा खटिएको

    नेटवर्किङ व्यवसायको नाममा ठगी गर्ने १२ भारतीय पक्राउ

    काठमाडौं, ३० वैशाख । नेटवर्किङ व्यवसाय भन्दै ठगी गर्ने कार्यमा संलग्न १२ जना भारतीय नागरिकलाई काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यतिबाट शुक्रबार वेलुकी प्रहरीले पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेहरुमा भारत ईलाहाबाद बस्ने ३१ वर्षीय मोहम्मद साईजिल, ईलाहाबाद बस्ने ३३ वर्षीय अजितकुमार सिंह, छतिसगढ बस्ने ४५ वर्षीय निरजकुमार मिश्र, उत्तरप्रदेश बस्ने ४३ वर्षीय अशोक

    सडक सुरक्षासम्बन्धी फोटो प्रदर्शनी शुरु

    बलरामप्यासीको तस्वीरलाई १० हजार नगद पुरस्कार काठमाडौं, २७ वैशाख । काठमाडौं महानगरपालिकाले शहरी यातायात सुधार र सडक सुरक्षा सम्वन्धि तीनदिने फोटो प्रदर्शनी शुक्रबारदेखि शुरु गरेको छ ।सडक सुरक्षासम्वन्धिखुल्ला तस्वीर प्रतियोगितामाविजयीभएका ६ वटा तस्वीरका साथैसडक दुर्घटना, ट्राफिक नियमको पालनार नागरिक सचेतना गरी ३ विधाकासहित एकसयवटा तस्वीर प्रर्दशित छन् । महानगरको शहरी योजनाआयोगबाट आयोजितसडक सुरक्षा सम्बन्धिखुल्ला तस्वीर

    बौद्ध सडक तत्काल कालोपत्र हुने

    साँखु, २७ वैशाख । लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच

    ‘भाषा-संस्कृतिको सदुपयोग सम्मुनतिको आधार’

    काठमाडौं, २७ वैशाख । नेपाल प्रज्ञा प्रतिष्ठानको संस्कृति विभाग र अनुसन्धान, उद्यमशीलता एवं दिगो विकास केन्द्र, धनगढीले संयुक्त रुपमा वैशाख २६ गते आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको प्रकृति, धार्मिक, भाषा र संस्कृतिलाई सही सदुपयोग गर्न सके छिट्टै मुलुक समृद्ध बन्ने धारणा व्यक्त गर्नुभएको छ । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘वर्तमान

    पुल निर्माण सुरु हुन सकेन

    खेमराज अधिकारी खोटाङ बैशाख २४ । जिल्लास्थित तावाखोलाको मोटरेवल पुल ठेकेदारको लापरवाही र चरम ढिलासुस्तीका कारण पुल निर्माण सम्पन्न गर्न तोकिएको अवधि गुज्रिन लाग्दा समेत निर्माण कार्य सुरु हुन सकेको छैन । दिक्तेल-खोटाङबजार सडक खण्ड अन्तरगत जिल्लाको साकेला गाँउपालिका वडा नम्बर-५ मात्तिम र दिप्रुङ चुइचुम्मा गाँउपालिका वडा नम्बर-७ टेम्मा जोड्ने तावा खोलामा बन्ने भनिएको ५०

    रोकियो बालबिबाह

    खेमराज अधिकारी खोटाङ बैशाख २४ । खोटाङमा हुन लागेको वालविवाह रोकिएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा कानुन विपरीत हुन लागेको वालविवाह रोकिएको हो । कक्षा ९ मा अध्ययनरत स्थानीय १४/१५ बर्षिय किशोरीको भोजपुरको टेम्के मैयु गाँउपालिका-६ का युवकसंग गत सोमबार बिबाहको कार्यक्रम तय भएर जन्ती समेत आईसकेपछि त्यहाँ वालविवाह हुन लागेको भनेर

    हावाहुरीले छाना उढाएपछि समस्या

    खेमराज अधिकारी खोटाङ बैशाख २४ । हावाहुरीले छाना उडाएपछि जिल्लाको एक विध्यालयको पठनपाठनमा समस्या सृजना भएको छ । गत बैशाख १२ साँझ आएको हावाहुरीले जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर-६ नेर्पा रामपुरस्थित जनता आधारभूत विध्यालयको २ कोठे भवनको छाना उडाएपछि पठन पाठनमा समस्या सृजना भएको हो । कक्षा ५ र ६ को पठनपाठन हुँदै

    स-मिल स्थापनाले स्थानीय लाभान्वित

    खेमराज अधिकारी खोटाङ बैशाख २४ । पछिल्लो समय दिक्तेलमा काठ चिरान गर्ने स-मिलहरु स्थापना हुन थालेपछि स्थानीयहरुले राहत महशुस गर्न थालेका छन् । जिल्लामा विधुतको विस्तार साथै सहज यातायातको पहँच पुगेसंगै जिल्लाका विभिन्न स्थानमा यतिखेर काठ चिरान गर्ने मेसिनहरु धमाधम जडान हुन थालेका छन् । स-मिल सञ्चालनमा आएपछि परम्परागत आरावालवाट महंगो खर्चमा घरायसी तथा व्यवसायीक

    १९ जना बालबालिकाको उद्धार

    काठमाडौं, २४ वैशाख । बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटारबाट अलपत्र अबस्थामा रहेका १९ जना बालबालिकालाई सोमबार दिउँसो प्रहरीले उद्धार गरेको बताएको छ । कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एक/डेढ लाखको दरले रकम उठाई सोही ठाउँस्थित घर भाडामा लिई बालबालिकाहरूलाई अलपत्र अबस्थामा छाडेको हुन सक्ने बताइएको छ । प्रहरीले १५ बालक र ४