Wednesday 1st December 2021
  • New title for a=>html, img=>alt
  • खेलकुद

    तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

    काठमाडौँ, ९ वैशाख । प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ । राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय

    युनाइटेडको लज्जास्पद हार, लिभरलपुल शीर्ष स्थानमा

    काठमाडौँ, ९ वैशाख । इंगलिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा कार्डिफ सिटीलाई २–० ले हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । ५७ औँ मिनेटमा विनाल्डमको गोलबाट अग्रता लिएको लिभरलपुलका लागि ८१ औँ मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत दोश्रो गोल गरेका थिए । आइताबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई एभर्टनले ४-० को फराकिलो

    बेङ्लोरसँग चेन्नई १ रनले पराजित

    काठमाडौँ, ९ वैशाख । जारी आइपिएलमा आइतबार भएको खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्स लाई एक रनले पराजित गर्दै विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्लोरले जारी प्रतियोगितामा आफ्नो तेश्रो जीत दर्ता गरेको छ । टस हाँरेर पहिले ब्याटिङको निम्ता पाएको बेङ्लोरले सात विकेटको क्षतिमा १६१ रन बनाएको थियो । १६२ रन

    दिल्लीको जीतमा सन्दीपको योगदान

    काठमाडौँ, ८ वैशाख । आईपिएलमा शनिबार भएको खेलमा सन्दीप लामिछाने चम्किँदा दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई ५ विकेटले हराउने सफल भएको छ । टस जितेर बलिङ् गर्ने निर्णय लिएको दिल्लीका लागी आफ्नो ४ ओभरमा ४० रन दिँदै सन्दीपले प्रारम्भिक ब्याट्समेन के यल राहुल र विस्फोटक क्रिस गेलसँगै साम करेनको विकेट लिएका थिए । पन्जाबले दिएको

    ‘केपिएल–टू’

    सुर्खेत, ५ वैशाख । यही वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल–टू) को विजेता टोलीले रु पाँच लाख राशिको पुरस्कार पाउने भएको छ । आयोजक कर्णाली क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि, मुख्य प्रायोजक र टोली कप्तानको नाम सार्वजनिक गरेको हो । लिग उपविजेताले रु दुई लाख र सर्वोत्कृष्ट

    लिभरपुल र टोटनह्याम अन्तिम चारमा

    काठमाडौँ, ५ वैशाख । च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा एफसी पोर्टोलाई पराजित गर्दै लिभरपुल एफसी पोर्टोलाई ४–१ ले पराजित गर्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा २-० ले विजयी भएको लिभरपुलले समग्रमा ६–१ ले विजयी हुँदै सेमिफाइनलमा पुगेको हो। सेमिफाइनलमा उसको भेट बार्सिलोनासँग हुनेछ। त्यसैगरी हिजै भएको अर्को रोमान्चक

    छनौट भएन नेपाल

    काठमाडौँ, ५ वैशाख । १९ वर्षमूनिको आइसिसी एकदिवासिय विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन असफल भएको छ । आफ्नो अन्तिम खेलमा संयुक्त अरब इमिरेट्सले ओमानलाई १० विकेटले हराउंदै १० अंकका साथ शिर्ष स्थानमा रहँदै छानिएपछी नेपालको सम्भावना सकिएको हो । नेपाल अहिले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ । तर जिते पनि समग्रमा ८

    राष्ट्रपतिबाट आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदै

    बाँके, ५ वैशाख । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको भव्य समारोहबीच आज औपचारिक उद्घाटन हुँदैछ । प्रतियोगिताका विभिन्न खेलहरु गत चैत २७ गतेदेखि नै जारी रहे पनि औपचारिक उद्घाटन आज साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । विसं २०३८ देखि शुरु भएको प्रतियोगिता आठौँ संस्करणको रूपमा नेपालगञ्जमा हुन थालेको हो । नेपालगञ्जमा दोस्रोपटक हुन थालेको

    च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड र युभेन्टस स्तब्ध

    काठमाडौँ, ४ वैशाख । युइएफए च्याम्पियन्स लिग अन्तर्गत गए राती भएको अन्तिम आठको दोश्रो लेगका खेलहरुमा बार्सिलोना र अजाक्ससँग पराजित हुँदै क्रमश म्यानचेस्टर युनाइटेड र युभेन्टस प्रतियोगिता बाट बाहिरिएका छन् । क्रिश्चियानो रोनाल्डोको युभेन्टस अजाक्ससँग २-१ ले पराजित हुँदा समग्रमा ३-२ को हारले छैटौं पटक च्याम्पियन्स लिग जित्ने रोनाल्डोको सपना तुहिएको छ । रोनाल्डोले यसअघि

    नेपाल १४ औं स्थानमा

    काठमाडौँ, ४ वैशाख । आइसिसि एक दिवसीय बरियतामा नेपाल एक स्थान माथि उक्लिँदै १४ औं स्थानमा पुगेको छ । भखरै सम्पन्न यूएई र जिम्वावे विरुद्धको एक दिवसीय सृङ्खलामा यूएई ४-० ले पराजित भएपछि नेपालले यूएईलाई पछि पार्दै १४ औं स्थानमा उक्लिएको हो ।