Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • द्वन्द्व पछिको विकास हेरेर फर्किए प्रधानमन्त्री

    -

    May 17, 2019 | 105 Views


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनाम र कम्बोडियाको सात दिने भ्रमणपछि हिजो मात्र स्वदेश फर्किनुभएको छ । वैशाख २६ गतेबात शुरु भएको भ्रमणको शुरुका पाँच दिन भियतनाम र बाँकी तीन दिनको समय कम्बोडियामा बिताएका प्रधानमन्त्रीको यस भ्रमणलाई कतिपयले अनावश्यक र वेमौसमी भन्दै हल्का टिप्पणी गर्न पनि भ्याएका थिए । तर, चरम द्वन्द्वमा फसेर अहिले विकासमा फड्को मारी रहेका दुई शक्ति राष्ट निकटस्थ यी दुई मुलुकको दर्दनाक इतिहास र गौरवपूर्ण वर्तमान पढ्ने हो भने यो भ्रमणको महत्व अझ तेजिलो बन्छ ।

    प्रधानमन्त्री ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा दुवै देशको भ्रमणमा दलवलसहित निस्कनु भएको हो ।

    कतिपयलाई यो भ्रमण सामान्य लागेपनि मुलुकका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने हाम्रो जस्तै द्वन्द्वमा फसेर अहिले नमुना योग्य विकास गरिरहेका यी दुई देशबाट धेरै कुरा सिक्नु थियो । त्यसैले त उहाँले भ्रमण टोलीमा राज्य सञ्चालनमा महत्वपूर्ण भूमिका खेलिरहेका व्यक्तिहरुलाईसमेत समावेश गराउनु भयो । टोलीमा प्रधानमन्त्रीसँग पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, चिफ अफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई लगायत मन्त्री, सांसद, सचिव, उपमेयर, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकालसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता थियो ।


    सन् १९५५ देखि करिब २० वर्ष अमेरिकासँगको द्वन्द्वबाट क्षतबिक्षत भएको भियतनाम र खमेरुज विद्रोहले क्षतबिक्षत कम्बोडियाको सामाजिक आर्थिक व्यवस्थाको बारेमा पढेका छौँ । नेपाल पनि दश वर्षे जनयुद्धबाट निक्लिएको करिब डेढ दशक हुन लग्यो तर युद्धपछिका उपलब्धीलाई संस्थागत गर्न अझै संघर्षरत छ । सामाजिक जागरण व्यापक भए पनि आर्थिक विकासमा उदासिन नै रहेको नेपालले यी दुई देशले कसरी विकास गरे भन्ने बुझ्नु अत्यावस्यक नै हो ।

    दुवै देशमा प्रधानमन्त्रीको भव्य स्वागत भएको थियो । भियतनाममा प्रधानमन्त्रीलाई भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङले स्वागत गर्नु भयो । प्रधानमन्त्रीले त्यहाँ आफ्ना समकक्षीसँग मात्र होइन, उच्चपदस्थ नेता तथा सांसदहरुसँग पनि भेटवार्ता गर्नु भएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले नेपाल तथा भियतनामबीच हस्तक्षेप तथा आपसी सम्मानका सिद्धान्त मात्र होइन सांस्कृतिक तथा धार्मिक सम्बन्ध पनि भएकाले दुवै देशसँग एकार्काको आर्थिक सम्बन्ध सबलीकरण गर्ने ठूलो सम्भावना भएको बताउनुभएको थियो ।

    भियतनाम–नेपाल व्यवसाय मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई बलियो बनाएपछि नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेको बताउँदै नेपालमा लगानी गर्न भियतनामी उद्यमीलाई आह्वान गर्नु भएको थियो । कुटनीतिक र पारस्पारिक विकास नीति तथा सहकार्यमा भियतनाम नजिकैको छिमेकी चीनसँग भन्दा सात समुन्द्र पारीको अमेरिकासँग नजिक छ । उता कम्बोडिया भने अमेरिका भन्दा चीनसँग बढी नजिक रहेको छ । यसले पनि प्रधानमन्त्री ओली विश्वका दुई ठूला महाशक्ति राष्टको लगानीमा भइरहेको विकासको ‘मोडेल’ र प्रभावकारिता नजिकबाट नियाल्न यी दुई देशको भ्रमणमा निस्किएको बुझ्न सकिन्छ । ईण्डो प्यासिफिक रणनीति अन्र्तगत अमेरिका र बीआरआईमार्फत चीनले एसियामा आफ्नो प्रभाव विस्तार गरिरहेका छन् ।

    नेपालले भियतनाम र कम्बोडियाबाट सिक्न सक्ने एउटा महत्वपुर्ण पाठ भनेको युद्दपछिको विकास पनि हो । हामी धेरैले सन् १९५५ देखि करिब २० वर्ष अमेरिकासँगको द्वन्द्वबाट क्षतबिक्षत भएको भियतनाम र खमेरुज विद्रोहले क्षतबिक्षत कम्बोडियाको सामाजिक आर्थिक व्यवस्थाको बारेमा पढेका छौँ । नेपाल पनि दश वर्षे जनयुद्धबाट निक्लिएको करिब डेढ दशक हुन लग्यो तर युद्धपछिका उपलब्धीलाई संस्थागत गर्न अझै संघर्षरत छ । सामाजिक जागरण व्यापक भए पनि आर्थिक विकासमा उदासिन नै रहेको नेपालले यी दुई देशले कसरी विकास गरे भन्ने बुझ्नु अत्यावस्यक नै हो ।

    ‘युद्धप्रभावित कृषि अर्थतन्त्रबाट व्यावसायिक मध्यम आययुक्त मुलुक बन्ने भियतनामको सफलता हाम्रो लागि प्रेरणा हुन सक्छ । भियतनामको आर्थिक वृद्धि समावेशी हुनाका साथै दिगो विकास प्राप्त गर्न नमूनाका रुपमा रहेको छ । यी कुरा भियतनाम सरकार तथा व्यापारिक क्षेत्रको नेतृत्व तथा त्यहाँका जनताका कठिन मेहनतबाट सम्भव भएको हो’, प्रधानमन्त्री ओलीले भन्नुभएको थियो ।

    नेपालले पनि अतिकम विकसित मुलुकबाट सकेसम्म छिटो अगाडि बढी मध्यम आययुक्त मुलुक बन्ने र सन् २०३० सम्म दिगो विकासका लक्ष्य प्राप्त गर्ने प्रधानमन्त्री ओलीलेको दृष्टिकोण रहेको छ । ‘दृष्टिकोण सन् २०२१’ नामले नेपाल सरकारले विकासको अवधारणा तयार गरिहेको बताउँदै, ’ यो सपना प्राप्त गर्न आधारभूत संरचना, मानव संसाधन तथा वित्तीय क्षेत्रमा ठूलो लगानी आवश्यक पर्छ । हामीले हालै सफलतापूर्वक लगानी सम्मेलन गरेका छौँ । सम्मेलनमा भियतनामसहित ४० मुलुकको सहभागिता थियो । सम्मेलनमा लगानीकर्ताले १८ ठूला परियोजनामा बचनबद्धता प्रकट गरेका छन् । लगानीकर्ताका लागि नेपाल उर्वर भूमि हो । यहाँ जहाँ पनि सुनिश्चत दरको नाफामा लगानी गर्ने पूर्ण सम्भावना छ’, प्रधानमन्त्रीले भन्नुभएको थियो ।


    नेपालमा प्रचूर प्राकृतिक स्रोत र पर्याप्त श्रमशक्ति रहेको बताउँदै उहाँले नेपालमा लगानीले विश्वका दुई ठूला बजार भारत तथा चीनको ढोका खोलिदिने बताउनु भएको थियो । उहाँले भन्नुभयो, ‘नेपालमा जलविद्युत, कृषि, खानी, औषधि तथा जडिबुटी, आतिथ्य तथा वित्तीय क्षेत्रजस्ता बहुक्षेत्रमा लगानीको सम्भावना छ । अतिकम विकसित मुलुकका रुपमा हामीसँग केही अन्तर्राष्ट्रिय बजारमा पहुँच छ । श्रम लागत न्यून र प्रतिस्पर्धात्मक छ । मुलुकसँग ५७ प्रतिशत काम गर्ने उमेरको जनसङ््ख्या छ । हरेक वर्ष पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । अङ्ग्रेजी भाषा बोल्ने र डिजिटल रुपमा आबद्ध युवा हाम्रा महत्वपूर्ण सम्पत्ति हुन् । सूचना कम्प्युटर तथा प्रविधिको क्षेत्र अर्को फाइदाजनक लगानीको क्षेत्र बनेको छ ’ प्रधानमन्त्रीको भनाइ थियो ।

    व्यापार तथा लगानी प्रवद्र्धनका लागि नेपाल–भियतनाम संरचना सम्झौताको समझदारीपत्रमा हस्ताक्षरले दुई मुलुकबीच आर्थिक सहयोगलाई अगाडि बढाउने र यसले दुई मुलुकबीच व्यापारिक समुदायमा क्रियाकलाप बढाउने बताउँदै भियतनामका लगानीकर्ता, उद्यमी तथा व्यापारीलाई नेपालमा उपलब्ध अवसरको अधिकतम उपयोग गर्न आह्वान गर्नुभएको थियो । यसै भ्रमणमा भियतनामले नेपालबाट उत्पादित कृषि बस्तु आयात गर्न सहमती पनि भएको छ ।

    प्रधानमन्त्री ओली र भियतनामका समकक्षी फुकबीच भएको भेटवार्तापछि दुवै पक्षले १६ बूँदे संयुक्त वक्तव्य निकालेका छन् । भेटवार्तापछि दुवै देशका विदेश मन्त्रीबीच व्यापार र लगानीका क्रममा हुने भ्रमण भिसा तथा पासपोर्टका विषयमा सहमतिमा हस्ताक्षर भएको थियो । यो भ्रमणको झन ठूलो उपलब्धी हो ।

    कम्बोडिया र नेपालबीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ । जसमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पु¥याउने विषयमा सहमति भएका छन् । कम्बोडियाली विदेश मन्त्रालयका अधिकारीले नेपालका प्रधानमन्त्रीको भ्रमणले कम्बोडिया अधिराज्य र नेपालबीचको मित्रतालाई बलियो तुल्याउँदै दुई देशबीचको आर्थिक, व्यापारिक, पर्यटकीय र सांस्कृतिक सहयोगको प्रवद्र्धन गर्ने बताएका थिए ।


    कम्बोडियामा पनि प्रधानमन्त्रीले नेपालमा लगानी गर्न कम्बोडियाली लगानीकर्तासँग आग्रह गर्नु भएको थियो । नेपालमा वैदेशिक लगानी भित्र्याउन प्रधानमन्त्री जोड तोडले लाग्नु भएको यसले प्रष्ट पार्छ । बौद्धमार्गी भएको नाताले कम्बोडियालीले गौतमबुद्धको जन्मस्थल र बौद्ध दर्शनको मुहान लुम्बिनीमा भ्रमण गर्न सक्छन् । जसले लुम्बिनीको पर्यटन प्रबर्धनलाई सघाउन पु¥याउन सक्छ ।