Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • गुमनाम कविहरुको गुञ्जन

    -

    May 3, 2019 | 319 Views


    बोधराज पौडेल

    श्री गोर्खाधिपतिको फिरङ्गीसँगको संग्राम ठूलो भयो ।
    बिक्रम संवत्को अठारसयमा थप्पन बहत्तर थियो ।।

    आजभन्दा करिब २ सय पचास वर्ष पहिले उदयानन्द अर्यालले सुरु गरेको साहित्यिक इतिहास आज पनि उस्तै छ खोटाङमा । उनले त्यसै वेला ‘वेत्ताल पच्चिसी’, ‘पृथ्वी चन्द्रोदय’ जस्ता महत्वपूर्ण कृति दिएर साहित्यको जग बसाई दिएको थिए ।

    खोटाङ साहित्य, कला र संगीतका लागि उर्वरभूमि हो । यहाँको माटोले साहित्यको क्षेत्रमा उदयानन्ददेखि धेरै महानहस्तीहरुको जन्म दिएको छ । त्यसै गरेर संगीतमा बच्चु कैलाशदेखि हालको पिढीसम्मलाई दोर्रयाइरहेको छ । यिनै पूर्खाहरुको पदचापलाई पछ्याउँदै आजको पुस्ता पनि सोही बाटोमा निरन्तर अगाडि बढिरहेको पाईन्छ । त्यसको सम्पूर्ण प्रेरणा हाम्रा अग्रजहरुलाई जान्छ । जसले बाटो देखाए र खोटाङको कला, साहित्यलाई उर्वर र अब्बल बनाउन योगदान दिए ।

    राणाकाल र पञ्चायत कालको दवदवामा पनि उपनामहरु राखेर विभिन्न विम्व र उपमामा खेलेका कविहरु लामो समयपछि काठमाडौंमा एक साथ जुर्रमुराएका छन् । कुनै समय आफ्नो लेखन कार्यका कारण आफूलाई स्थापित गरेका कविहरु लामो समयदेखि गुमनाम रहेको थिए । यस्तो गुमनाम अवस्थालाई चिर्न र नयाँ स्रस्टाहरुमा उर्जा बढाउने उद्देश्यले पुराना कविहरुको सामूहिक कविता वाचन कार्यक्रम गरिएको हो । यो महत्वपूर्ण अवसरको चाँजोपाजो रावासावा प्राज्ञिक समाज खोटाङले जुराएको थियो ।


    खोटाङ साहित्य, कला र संगीतका लागि उर्वरभूमि हो । यहाँको माटोले साहित्यको क्षेत्रमा उदयानन्ददेखि धेरै महानहस्तीहरुको जन्म दिएको छ । त्यसै गरेर संगीतमा बच्चु कैलाशदेखि हालको पिढीसम्मलाई दोर्रयाइरहेको छ । यिनै पूर्खाहरुको पदचापलाई पछ्याउँदै आजको पुस्ता पनि सोही बाटोमा निरन्तर अगाडि बढिरहेको पाईन्छ । त्यसको सम्पूर्ण प्रेरणा हाम्रा अग्रजहरुलाई जान्छ । जसले बाटो देखाए र खोटाङको कला, साहित्यलाई उर्वर र अब्बल बनाउन योगदान दिए ।

    पुराना कविहरुले एकाकार भएर कविता वाचन गर्दा साहित्यको झंकार, मान र सम्मान अझ बढेको छ । यस्ता कार्यक्रमहरुको निरन्तरतालाई ध्यान दिन सकियो भने पुराना पुस्ताको परिचय उजागर गर्नमा सहयोग पुग्दछ । साथै नयाँ पुस्तालाई पुरानो पुस्तासँग जोडेर नयाँ कुराको खोज अनुसन्धानमा लाग्नका लागि सहयोगी हुनेछ । जसले हिजोको परिवेश र आजको समाजको तुलनात्मक अध्ययन गर्नेछ । त्यही कुरा समाजकालागि एउटा ऐना जस्तै महत्वपूर्ण दस्तावेज बन्ने छ, जसका माध्यमले हामी हामीले भोगी आएको समाज र भोगीरहेको जीवनको कल्पना गर्न सक्दछौ ।

    एउटा यात्राको सुरुवात

    खोटाङको परिवेशमा कसले, कसरी र के लेखे भन्ने कुरा केलाउन निकै गाह्रो छ । किनभने पहिलेको समय अहिलेको जस्तो प्रकाशनको समय थिएन । त्यसमा पनि छद्मभेषी नामहरुबाट नै लेखनी लेख्ने त्यो वेलाको चलन थियो । कतिले आफ्ना रचनाहरु प्रकाशन गर्ने जर्मको गरे भने कति त्यो परिवेशसँग डराएको कारण आफैमा हराएर गए । समयक्रमसँगै तिनका रचनाहरु पनि हराए ।

    यस्तै परिवेशबाट गुज्रिरहेको खोटाङको साहित्यिक अवस्था पहिलो पटक चम्पावती मावि बुइपाबाट हस्त लिखित रुपमा प्रकाशित भएको गोरेटो पत्रिकाबाट केही सतहमा आयो । यसको सम्पादन पशुपतिनाथ भट्टराईले २०१८ साल तिर सुरु गरेका थिए । पछि उनले गोटेरो छोडेर हिड्नेवेला

    ‘गोरेटो छ यही यसैभरी म छु काँडा नउम्रिउन यहाँ’

    भनेर हिडेका थिए । आज खोटाङमा दर्जन भन्दा बढी कला साहित्यका संस्थाहरु सकृय रहेका छन् । यो तिनै पूर्खाहरुको देनको उपज हो ।

    गोरेटो पत्रिका संचालन हुँदाका साक्षीहरुका रुपमा कविहरु जसराज किराती, बलराम पोखरेल, भक्त श्रेष्ठ, विश्व मोहन श्रेष्ठ, खगेन्द बस्नेत, टंकबहादुर राई, मोहन घिमिरे, मोहन रेग्मी, दीपक श्रेष्ठ र रमेश श्रेष्ठ त्यो वेलामा उम्दा विद्यार्थी कवि र समकक्षी थिए । यतिवेला दीपक श्रेष्ठ भने हामीबीच छैनन् । उनले इहलीला लिइसकेका छन् । बाँकी स्रष्टाहरुले अझैपनि खोटाङको विरासत थामिरहेका छन् । उर्वरता र सक्रियताका हिसाबले यी तीन मध्ये जसराज किराती अग्रस्थानमा रहेका छन् । भने बलराम पोखरेल र भक्त श्रेष्ठ पनि साहित्यको श्रीबृद्धिका लागि दिलो ज्यानले लागिरहेका स्रष्टा हुन ।

    यस्तै मेसोलाई मिलाएर रावासावाले यस्ता अब्बल रुपमा दर्ज भएका कविको कविता सुन्ने र तिनलाई सम्मान गर्ने कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा कविहरु खेमरञ्जन भट्टराई (१९९५) लामीडाँडा, काशी राई (१९९८) सिम्पानी, जसराज किराती (२००२)बुईपा, बलराम पोखरेल (२००२) खार्पा, मदन राई लामाखुले (२००६) निर्मलीडाँडा, राधेश्याम भट्टराई (२००६) लामीडाँडा, भक्त श्रेष्ठ (२००६) बुईपा, ले कविता वाचन गरेका थिए ।

    यस्तै विश्वकुमार श्रेष्ठ (२००६) बुइपा, धनराज राई (२००६) बुइपा, शुभशेर राई (२००६) बुईपा, डा. विष्णु राई (२०१३) चिप्रिङ, जीवराज घिमिरे (२०१६) बुईपा, टंक राई (सोनाम सोल्टी) (२०१८) जाल्पा, मनोजबाबु श्रेष्ठ ‘आशय’ (२०१९)बुईपाले २/२ ओटा कविता वाचन गरेका थिए ।

    सोही कार्यक्रममा हाल वेलायतमा बसोवास गरिरहेकी कवि जानुका राईले समेत अतिथि कविका रुपमा कविता सुनाएकी थिइन् । कवितामा पञ्चायत कालमा देश र जनताले भोग्नु परेको नियति र त्यो वेलाको शासकहरुको समय चित्र प्रस्तुत गरिएको थियो । ७० औं वषन्तलाई पाखा लगाई सकेका पुराना पुस्ताको जोग, जागर र कविताको प्रस्तुतिलाई हेर्दा लाग्छ उनीहरु भर्खरै सोह्र वर्षका उर्जावान युवाहरु हुन ।

    कार्यक्रम यसरी अघि बढ्यो । जव उमेरले खारिएका खेमरञ्जन भट्टराईले छन्दमा कविता सुनाए । लर्रखराएको स्वरमा कविताका शब्दहरु संगीतमा उनीएका जस्ता सुनिए । काशी राई, जसराज किराती, बलराम पोखरेल पनि त्यसै गरी उत्साही थिए । लाग्छ हरेक पाइलामा कविताको अंश खल्तीमा बोकेर हिडिरहेका छन् । यति जवानछन् वस उनीहरुलाई उमेरको ख्यालै छैन् ।


    कविताले यसरी चिमोटे कि मन तानिएको हो वा म आफै तानिए शब्दमा मैले छुट्याउन सकिन । यतिवेला मैले जसराज राईलाई मनमनमा संझिए ‘मेरो भन्दा राम्रो कविता उसले लेख्छ, हैन उसको जत्तिको कविता त म पनि लेख्छु ।’ हो समकक्षी धर्म भनेको यही रहेछ । यो एउटा मायाको सन्देश जसराज राईले दिएको कुरा यतिवेला मात्र मैले बुझे । यो आत्मियतालाई बयान गर्न शब्दमा सकिदैन ।

    मैले मनमनै सोचे, यत्रो उर्जा कहाँबाट आयो ? खुसुक्क मनले भन्यो यो सरस्वतीको आशिर्वाद हो । नत्र, खेमरञ्जन यो उमेरमा के कविता सुनाउँथे काँपेका स्वरहरुमा ।

    क्रमशः कविताको वर्षा हुन थाल्यो । विस्तारै राधेश्याम भट्टराईले आफ्नो गलालाई सफा पारेर कदलाई अग्लो बनाउँदै कविता प्रस्तुत गरे । अहा ! कविताको स्वाद कस्तो मोहक त्यो गर्मीले तातेको हावालाई उनको कविताले जल सेचन ग¥यो । मदन राई लामाखुले र भक्तकुमार श्रेष्ठ पनि के कम उनीहरुले पनि ओठको चाललाई मिलाउदै कविताको उठान गरे । मलिन स्वरमा उठान गरिएका कविताका शब्दहरुमा पृष्ठभूमिका कसैले सारंगी रेटिरहेको जस्तो गरी झंकृत भए ।

    विश्वकुमार श्रेष्ठ, धनराज राई र शुभशेर राईहरु पनि जोश देखाएर अघि बढे र कविता पढे । कविताले यसरी चिमोटे कि मन तानिएको हो वा म आफै तानिए शब्दमा मैले छुट्याउन सकिन । यतिवेला मैले जसराज राईलाई मनमनमा संझिए ‘मेरो भन्दा राम्रो कविता उसले लेख्छ, हैन उसको जत्तिको कविता त म पनि लेख्छु ।’ हो समकक्षी धर्म भनेको यही रहेछ । यो एउटा मायाको सन्देश जसराज राईले दिएको कुरा यतिवेला मात्र मैले बुझे । यो आत्मियतालाई बयान गर्न शब्दमा सकिदैन ।

    डा. बिष्णु राई, जीवराज घिमिरे, टङक राई जस्ता आफैले आफ्नो बाटो चौडा बनाएका हस्तीहरु मुस्कुराहट सहित प्रस्तुत भए । कविता सुनिरहदा लाग्दथ्यो यो कविताको श्रृंखला कहिल्यै नसकियोस् । नदी जस्तो बनेर निरन्तर बगिरहोस् । अल्लाहदमा हामी प्यासीहरुको तिर्खा मेटाइरहोस् । तर परिवन्दभित्रका कविहरुहरुले यसो गर्न नै कहाँ सक्थे र । उनीहरु पनि समयको घेरामा बाँधिएका थिए ।

    मनोज श्रेष्ठ र जानुका राई पनि यसै यात्रामा सामेल थिए । उनीहरुले पनि समयलाई चुकाउन चाहेनन् । युवा जोसमा यसरी प्रस्तुत भए लाग्यो पाखनवेतका फूलहरु त धेरै झरिसके अब भने जराको पालो हो । जो औषधीको रुपमा प्रयोग हुन्छ । उनीहरु यसैलाई औषधीका रुपमा स्रोतालाई पिलाइ रहेका थिए । हामी दर्शकदीर्घमा बसेर त्यो पिइरहेका थियौ । मैले यतिवेला साहित्यको शक्ति हावा र पानीको भन्दा बढी भएको अनुभव संगाले ।

    यी कविहरु आफैमा ओजश्वी, भएर पनि चर्चा परिचर्चा नभएका कारण ओझेलमा परेका अब्बल कविहरु हुन । जसको कविताले समयको विगुल फुक्छ र निदाएकाहरुलाई झ्ल्यास्स पार्छ । तर पनि गुमनाम छन् ।

    खोटाङको साहित्यिक यात्रा सधैं एउटा बाटो हो जसको यात्रा कहिल्यै पूरा हुँदैन । यो अनवरत रुपमा अघि बढिरहन्छ । यस्तै अनुपम समय फेरी कैले आउँला म त्यसको प्रतिक्षामा ब्याग्र रहेको छु । कविता श्रवणको अनुभवलाई संगाल्दै ओमप्रकाश घिमिरे भन्छन–‘अग्रजबाट कविता सुन्दा आफैलाई एक प्रकारको नयाँ उर्जा आउने रहेछ ।’ मैले पनि यो अनुभव गरे यिनै पूर्खाहरुको आशिर्वाद, माया र स्नेहले गर्दा नै खोटाङको माटोले नयाँ–नयाँ आँकुराहरु पलाउन सकिरहेको छ । यिनै आँकुरा मध्येका एक हुन मोहन संग्राम । जो मैले यो आलेख तयार गरिरहेको समयमा राष्ट्रिय कविता महोत्सवमा प्रथम भएर खोटाङको सान बढाइ रहेका छन् ।

    (यस खण्डमा खोटाङमा भएका सम्पूर्ण कविहरुको बारेमा नभइ यस कार्यक्रममा कविता प्रस्तुत गरेका कविहरुको बारेमा मात्र चर्चा गरिएको छ । यसो हुँदा म के अनुरोध गर्दछु भने हाम्रो क्षेत्र ठूलो रहेको छ । सबै पक्षलाई केलाउन थालियो भने त्यो आफैमा एउटा पुस्तकको आकार ग्रहण गर्ने छ । यसो हुनाले म क्षमा माग्दै मैले यो एउटा सानो आलेख मात्र तयार गर्ने कोशिस गरेको हुँ भन्ने अनुरोध गर्न चाहन्छु ।)