Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • ‘नमूना विद्यालयको अवाधारणामा छौं’

    -

    May 3, 2019 | 73 Views


    (नाहिमा कृषि स्रोत केन्द्र तथा सुभम् फाउन्डेसनका प्रबन्धक सूर्यबहादुर राईसँग बोधराज पौडेलले गर्नुभएको कुराकानी )

    नाहिमा कृषि स्रोेत केन्द्र हुँदै शुभम् फाउण्डेशनको अवधारणा कसरी विकास भयो ?

    केही सकृय युवाहरुको सहभागितामा २०५८ सालमा नाहिमा कृषि स्रोत केन्द्र स्थापना गरियो । यो विशुद्ध किसानहरुका लागि स्थापना गरिएको थियो । जुन समयमा दिक्तेल बजारमा नाप तौल गरेर तरकारी केनबेच गरिदैनथ्यो । सहजताका साथ बीऊ, विरुवा र प्राविधिक सहयोग पाउन समेत कठिन रहेको अवस्था थियो त्यो । हो, त्यही अवस्थामा केही सुलभता प्रदान गर्ने उद्देश्यका साथ हामीले यो स्रोत केन्द्रको स्थापना गरेका थियौ । जसबाट किसानहरुले सजिलो तरिकाले बिऊ र प्राविधिक शिक्षा पाउन सकुन । र, आफूले उत्पादन गरेको तरकारी बजारमा लगेर बेचुन । जसबाट भएको आम्दानीले उनीहरुको गुजारामा सहयोग गरोस् हाम्रो चाहना यस्तै रहेको थियो ।

    कृषि विज्ञ मदन राई संयुक्त राष्ट्रसंघको जागिर पश्चात २०६० सालमा गाउँ आउनु भयो । उहाँको सहयोगमा दिक्तेल कलेजमा अध्ययन गरिरहेका केही युवाहरुलाई समेटेर तरकारी खेतीको अवधारणलाई अघि सारियो । बजारले पनि ताजा तरकारी खान पाउने र केही युवाहरुलाई रोजगारीको अवसर रहने यहि उपयुक्त ठान्यौ । मदन राई रहदा हामीले अभिभावकात्व पनि ग्रहण गर्यौ । जसका कारण काममा सहजता थपियो ।

    त्यसै गरी २०६१ सालमा बृहत रुपमा विकासको अवधारणलाई अघि बढाउन हामीले खोटाङ विकास मञ्च नामक संस्थाको स्थापना गर्यौ । त्यस संस्थाको मूल उद्देश्य भनेको युवाहरुलाई सीप विकास गर्ने थियो । सिलाई कटाइ, तरकारी खेती, फलफुल खेती, कम्प्युटर शिक्षा लगायतका क्षेत्रमा झण्डै २० हजार युवाले तालिम यही संस्थाबाट लिए । पछि हामीले शिक्षामा सुधार गर्नका लागि अभियान सुरु गर्यौ । त्यो अभियानलाई सरकारले कुनैपनि बेला बन्देज गर्न सक्ने अवस्था थियो । त्यसो हुनाले अहिले सुभम फाउण्डेशनको अवधारलाई अघि सारेर काम गरिहेका छौ ।


    प्रबन्धक सूर्यबहादुर राई

    हामीले पहिला सिप र तालिम त दियौ । तर, त्यो त्यति प्रभावकारी हुन सकेन । तालिम पाएपछि काम जानेको मान्छेले आफूले काम गर्दा सानो हुने महसुस गरे । हाम्रो सिकाइ पनि स्कुल तह देखि नै त्यस्तै रहेको छ । हामी स्कुलमा सिकाउछौ मात्र पढाउदैनौ । जे छ कितावमा हामी त्यही मात्र पढाउछौ । चाहे त्यो संस्कृति होस वा समाज । पढेर राम्रो मान्छे हुने होईन । काम नगरि खाने चलनको विकास तिब्र गतिमा भइरहेको छ । तालिम र सिप एउटै सिक्काका दुईवटा पाटाको रुपमा रहेको हुनाले पनि यो समस्या आएको हुन सक्छ । हाम्रो अधियान पनि यहि हो ।


    धेरै ठूलो कुरा नगरौ आजका हाम्रा बालबालिकालाई चिया खाजा समेत बनाउन आउदैन भने हामी उनीहरुलाई कस्तो शिक्षा दिइरहेका छौ । यसो हुनाले हामीले किताबी शिक्षाका साथ साथै हरेक बालबालिकालाई व्यहारिक शिक्षा दिनु आजको युगको माग र आवश्यकता हो ।

    हाल नाहिमा कृषि फर्म र सुभम फाउण्डेशनले के कस्ता कामहरु गरिरहेको छ ?

    अहिले हामी व्यहारिक शिक्षामा जोड दिइरहेका छौ । यो भनेको के हो भने विद्यालयको शिक्षाले अहिले सम्म हामीलाई आत्म निर्भरतामा जोड दिएको छैन । त्यसो हुनाले एक निश्चित अवधीको शिक्षा पूरा गरेपछि कुनैपनि व्यक्ति स्वरोेजगार बन्नु पर्दछ भन्ने हाम्रो मान्यता हो । यसका लागि हामीले सरकारसँग एउटा छुट्टै विद्यालयको माग गरेपनि त्यसले सफलता पाउन सकेको छैन ।

    यतिवेला हामीले रुपकोट मभुवागढी नगरपालिका भित्र सरकारी स्वामित्वमा रहेको जन जागृति आधारभूत विद्यालयलाई नमुना स्कुलको रुपमा विकास गरेर गइरहेका छौ । त्यसको राम्रो प्रतिफल आइरहेको छ । विभिन्न जिल्लाका मानिसहरुले त्यसको अवधारणा बारेमा अध्ययन गर्न आउने गरेका छन् । छिट्टै हामी यो अभियानलाई विस्तार गर्ने तयारीमा रहेका छौ । हाल ८ वटा गाउँ पालिकासँग यसको सहकार्यका लागि पहल भइरहेको छ ।

    कृषि र शिक्षा दुबै क्षेत्रमा परिचय बनाएको संस्थामा के कस्तो समस्या र चुनौतीहरु रहेका छन् ?

    यो संस्थालाई सुरुवाती चरणमा कानुनी र आर्थिक लगायतका धेरै समस्याहरु रहेका थिए । विद्यालय आउने विद्यार्थीमा चेतनाको कमी रहेका हुनाले रोग, सरसफाइको समस्या थियो । हाम्रो विद्यालय भनेको आवासीय थियो । यसो हुनाले स–सानो कुरामा समेत ध्यान दिनु पथ्र्यो । एकजनाको स्वास्थ्यका कारण अरुलाई दुख नहोस भन्ने कुरामा सधै सजकता अपनाउनु पर्ने हुन्थ्यो ।

    विद्यार्थीहरु टाढा टाढाबाट आएका हुनाले उनीहरुको वस्ने खाने लगायतका कुराहरुको समस्या पहिलो चरणमा भएको भएपनि अहिले पुराना विद्यार्थी र नयाँ दुबै खालका विद्याथी सहभागी भएको हुनाले अनुशासन र सिकाइमा समेत सहजता भएको छ । अहिले सबै पेशामा रहेका व्यक्तिहरु हाम्रो संस्थाको अभिभावक बन्नु भएको छ । उहाँहरुले हाम्रो प्रयास र अवस्थालाई बुझ्नु भएको छ । फाउण्डेशन बनेपछि यस्ता समस्याहरुको सामना गर्नु परेको छैन ।
    तपाइँले कृषि र शिक्षामा लगानी गर्नु भएको लामो समयको अनुभवले कृषि र शिक्षा दुबै व्यवसायीक हुन नसक्नुका कारणहरु के पाउनु भयो ?

    सबैभन्दा ठूलो समस्या भनेको शिक्षामा रहेको छ । हाम्रो शिक्षा प्रणाली भनेको घोकन्ते र एकात्मक धर्म र संस्कृतिको प्रचारमुखि मात्र रहेको छ । यसो हुनाले यो व्यवहारिक र ज्ञानमुखि छैन । पढ्ने र जागिर खाने मात्र हाम्रो ध्येय रहेको छ । शिक्षा जागिर हैन त्यो सेवा हो तर, हामीले त्यसलाई पेशा बनाएका छौ । आजको शिक्षाले गुरुकुलको महत्वलाई विर्सेको छ । एउटै पाठ्यपुस्तकले पुरै देशको प्रतिनिधित्व गराउन खोजिएको छ । यो विविधतापूर्ण देशमा यस्तो पाठ्यक्रम बन्नु कदापी राम्रो होईन । अर्को कुरा गृहकार्यले बच्चालाई बोझिलो बनाइ राख्ने संस्कारको विकास गरिएको छ । बच्चाको सिर्जनशीलता के मा छ ऊ के गर्न चाहन्छ हामी त्यस तर्फ अझै ध्यान दिन सकेका छैनौ ।

    शिक्षाले मानिसको जीवन सहज बनाउनु पर्ने हो । तर, हामी जागिर खानका लागि पढिरहेका छौ । जागिर नपाएको खण्डमा हामी विदेशीन बाध्य हुन्छौ । त्यसको अर्थ के हो भने हाम्रो देशको उत्पादनमा भन्दा बाह्य कुरामा रमाउन थालेका छौ । देश यतिवेला विप्रेषणले धानेको छ । हाम्रो आर्थिक विकास विपे्रषणमा निर्भर हुने र सबै आयातित खानेकुरा मात्र खाने हो भने हाम्रो देश कसरी देश अगाडि बढ्छ । यो आजको चिन्ताको विषय हो र यसको समाधानमा हामी सबै आजै लाग्नु पर्ने छ । नत्र भने हामी सबै आयातमा निर्भर हुनेछौ । जसको असर सबै क्षेत्रमा पर्छ ।


    अवको पाँच वर्षमा हामीले एउटा कलेजको स्थापना गर्ने लक्ष्य राखेका छौ । त्यसमा एउटै भूगोलका विभिन्न जात र समूदायका विद्यार्थीहरुले अध्ययन गरिरहेका हुनेछन । यो कार्यका लागि हामीले विभिन्न देशबाट त्यस विषयका विज्ञ शिक्षकहरुलाई रोजगारी सहितको सेवा दिन तयारी गरेका छौ ।

    यसो हुनाले हाम्रो शिक्षा र कृषिलाई कसरी हुन्छ व्यवस्थापन गरेर परनिर्भरतालाई निरुत्साहित गर्नु पर्दछ । अनि मात्र हामीले चाहेको विकासको लक्ष्यमा पुग्न सकिन्छ । यो नै दिगो विकास र परनिर्भरता रोक्ने एकमात्र उपाय हो । यसका लागि ज्ञान, सिप र प्रविधिको विकासमा जोड दिनु आवश्यक छ ।

    विद्यार्थीको व्यवस्थापन आफैमा एउटा चुनौती हो, तपाईको संस्थामा अध्ययन गरिरहेका विद्यार्थीहरुको आर्थिक व्यवस्थापन कसरी मिलाइरहनु भएको छ ?

    पक्कै पनि हो । यसको सम्पूर्ण व्यवस्थापनको दायित्व अहिले मदन राईले गरिरहनु भएको छ । हामीले विदेशी सहयोगहरु लिएका छैनौ । हामी फरक किसिमको काम गर्न लागिरहेका हुनाले हामी कसैबाट प्रवाहित हुन चाहदैनौ । केही व्यक्तिहरुले पनि सहयोग गरिरहनु भएको छ । यस्तै परिवेशमा चलिरहेको छ ।

    शुभम फाउण्डेशन र अन्य विधालयले दिने शिक्षामा के फरक छ ?

    हाम्रो संस्थाले सधै व्यवहारीक ज्ञानका लागि जोड दिएको छ । हामी चाहन्छौ कुन मानिस के क्षेत्रमा रहेक काम गर्छ । त्यसको आधारभूत ज्ञान विद्यालय स्तरमा नै दिनु पर्दछ । यही कुरामा हाम्रो जोड रहेको छ । हामीले ज्ञान र सिपलाई बृद्धी र विवेकोसँग जोड्नु पर्दछ । यति गर्न सकियो भने धेरैकुराको आधारभूत तह पुरा हुन्छ । जसका कारण उसले जहाँ र जस्तो शिक्षा लिन चाहेमा पनि छनोट हुन सक्छ र उच्च शिक्षा लिएन भने पनि ऊ आफैमा आत्म निर्भर हुन सक्ने तवरको शिक्षा हामी दिइरहेका छौ ।

    हाम्रो मान्यता भनेको हामीले कसरी उत्पादन बढाउने, त्यसका लागि औधोगिक ज्ञानको खाजी गर्ने । भएको उत्पादनलाई बजारमा कसरी पु¥याउने र उपभोक्ताले त्यसको उपयोग गर्ने वातावरण कसरी निमार्ण गर्ने भन्ने नै रहेको छ ।

    अरु विद्यालयले पनि निरन्तर रुपमा शिक्षा त दिइरहनु भएको छ । उहाँहरुको घोकन्ते शिक्षामात्र छ । जसले किताबको ज्ञान त दिन्छ । तर, त्यसलाई कसरी जीवनमा उपयोग गर्ने भन्ने बारेमा भने सिकाएको पाइदैन । यो कुरा नै हाम्रो देशको अभिशापको रुपमा देखा परेको छ ।

    हामीले अहिले बालबालिकालाई कस्तो बनाइ रहेका छौ भने उनीहरुलाई सुविधा दिने नाममा सबै काम हामी अभिभावकले नै गरिदिन्छु । अरु धेरै ठूलो कुरा नगरौ आजका हाम्रा बालबालिकालाई चिया खाजा समेत बनाउन आउदैन भने हामी उनीहरुलाई कस्तो शिक्षा दिइरहेका छौ । यसो हुनाले हामीले किताबी शिक्षाका साथ साथै हरेक बालबालिकालाई व्यहारिक शिक्षा दिनु आजको युगको माग र आवश्यकता हो ।

    शुभम फाउण्डेशनको भावी लक्ष्य र कार्य योजना के रहेको छ ?

    अवको पाँच वर्षमा हामीले एउटा कलेजको स्थापना गर्ने लक्ष्य राखेका छौ । त्यसमा एउटै भूगोलका विभिन्न जात र समूदायका विद्यार्थीहरुले अध्ययन गरिरहेका हुनेछन । यो कार्यका लागि हामीले विभिन्न देशबाट त्यस विषयका विज्ञ शिक्षकहरुलाई रोजगारी सहितको सेवा दिन तयारी गरेका छौ । यसको लागि थप शिक्षा केन्द्रहरुको स्थापना गर्ने योजना रहेको छ । साथै देशका विभिन्न स्थानहरुमा हाम्रो यस अभियानका बारेमा कुरा भइरहेको छ । हामी संसारकै शिक्षाको नमुना हेर्नु पर्यो भने हाम्रोमा आउनुहोस् भन्न चाहन्छौ ।