Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • सालपीदेवी प्राविमा बालमैत्री कक्षा सञ्चालन

    -

    May 17, 2019 | 233 Views


    खेमराज अधिकारी, खोटाङ, ३ जेठ। बालबच्चाको शैक्षिक गुणस्तर बृद्दि गर्न जिल्लाको एक विध्यालयले बालमैत्री कक्षा सञ्चालनमा ल्याएको छ । जिल्लास्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याँङको सालपीदेँवी प्राथमिक विधालयमा एक कोठे बालमैत्री कक्षाकोठा सञ्चालनमा ल्याएको हो ।

    वडा कार्यालय लफ्याँङवाट विनियोजित ९० हजार लागतमा विधालयमा रहेको पुरानो भवनलाई मर्मत गरेर मंगलबारबाट सञ्चालनमा आएको भवनको एक कार्यक्रमका बिच वडा शिक्षा समिति संयोजक तथा वडाध्यक्ष निर्मल राईले उद्घाटन गरेका छन् । बालमैत्री कक्षाकोठा आवश्यकता अनुसार वर्षेनी थपिदै लगिने वडाध्यक्ष राईले बताए ।

    वडा शिक्षा समितिको प्रत्येक विध्यालयमा बालमैत्री कक्षा सञ्चालन गर्ने अबधारणा अनुरुप सालपीदेवीमा पहिलोपटक यस्तो कक्षा सञ्चालनमा ल्याएको हो । वडा शिक्षा समितिले वडा भित्रका अन्य विध्यालयहरुमा पनि यो योजना अघि सारेको छ ।

    १९ जना बालबालिका अध्ययन गर्ने बालमैत्री कक्षाकोठाभित्र बालबालिकालाई आवश्यक पर्ने शैक्षिक सामग्रीहरु राखिएको छ । बालबालिकाहरु त्यही सामग्रीहरुलाइ हेरेर, छोएर, खेल्दै पढ्ने सो विधालयका प्रधानाध्यापक कविराज फुयलले जानकारी दिए । विध्यालयमा बालमैत्री कक्षा सञ्चालनमा आएर पठनपाठन सुरु भएपछि आफ्ना बालबच्चाको शैक्षिक गुणस्तर उकासिनेमा अभिभावकहरु समेत आशावादी देखीएका छन् ।