Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • ‘युवाहरुका मुद्दा नै मेरा मुद्दा हुन्’

    -

    May 10, 2019 | 318 Views


    पूर्वको कालिकोटका रुपमा परिचित खोटाङ जिल्लाको बडहरेमा जन्मिएका युवा हुन रमेश पौडेल । उनी यसवा तथा विद्यार्थी आन्दोलनका विभिन्न तह र तप्काहरुको कुशल नेतृत्व सम्हाल्दै अहिले युवा संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन् । युवासंघ नेपाल र वाइसीएल नेपालबीचको एकता प्रकृया र हाल युवा संघले गरिरहेको आन्दोलनका साथै २९औं युवासंघको स्थापना दिवसको सन्र्दभ पारेर युवासंघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलसँग प्रकाश साप्ताहिकका बोधराज पौडेलले गर्नुभएको कुराकानी ।

    युवा संघ नेपालको एकता कहिले टुङ्गिन्छ ?

    युवासंघ नेपाल र वाइसीएल नेपाल युवा आन्दोलनका सशक्त युवा संगठनहरु हुन । विगतमा दुई धारबाट कम्युनिष्ट युवा संगठनहरु अगाडि बढिरहेका थिए । एउटा शान्तिपूर्ण तरिकाबाट नेपालको विकास गर्न र अधिकतम काम सहित सरकारको अभ्यास गर्दै जाने अवधारणमा थियो । यसको मुख्य लक्ष्य भनेको प्रतिस्पर्धाबाट श्रेष्ठता सहित शान्तिपूर्ण आन्दोलन र संघर्षको बाटो अबलम्वन गरी समाजलाई आमूल परिवर्तनको दिशामा अगाडि बढाउने लक्ष्यका साथ आफ्नो कार्य नीति तथा रणनीति अगाडि सारेको थियो । यस अनुसार कानुनी राज्यको अवधारणलाई स्वीकार गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्तलाई अनुसरण गर्दै यो समूहले आफूलाई रुपान्तर गर्दै लग्यो । अर्को समूह आन्दोलनका माध्यमबाट युद्ध र हतियारलाई महत्व दिइ जनयुद्धमार्फत अगाडि बढिरहेको संगठन थियो । जसले जनयुद्धका माध्यमबाट सामन्त, दलाललाई ठेगान लगाउदै अगाडि बढेको हो । दुवै युवा संघठनहरुको विचार र बलका कारण राजतन्त्र ढल्यो । त्यसपछि लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । यसको प्रतिफल स्वरुप जनयुद्ध गरिरहेको वाइसीएलले शान्तिपूर्ण संघर्षका माध्यमबाट अगाडि बढ्ने अवसर प्राप्त ग¥यो । मातृपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सैद्धान्तिक र वैचारिक रुपमा पार्टी एकता भएपछि युवा संगठनहरु पनि सोही अनुरुप एकता प्रकृयामा अघि बढेका हुन । अब युवा संगठनहरुको एकता प्रकृया पनि छिट्टै टुङ्गो लाग्छ ।

    अब नेतृत्व कसरी टुङ्गिन्छ त ?

    दिपशिखा जी राजनीतिमा लामो समय विताएको एउटा व्यक्ति हो । उहाँ अहिले पार्टीको केन्द्रीय कमिटीमा पनि हुनुहुन्छ । म र उहाँ आन्दोलन र उमेरका हिसाबलेसँगै आएका हौ । म सधैं भन्ने गर्छु ‘तिमी फूल्यौ कतै म फूले कतै तरपनि हाम्रो सुगन्ध मिल्दो रहेछ ।’ हामी दुईको अहिलेको अवस्था पनि यो गीत जस्तै रहेको छ । हाम्रो आन्दोलन र सपना एउटै रहेको छ । भोली हामीले बनाउन खोजेको मुलुकको पहल कदमी पनि सँगै गर्ने छौ ।

    हाम्रो गाउँको नजिकै भएर एकातिरबाट सुनकोसी बग्छ । अर्को तिरबाट दुधकोसी बग्छ । तल पुगेर दोभानमा मिसिएपछि हामी त्यसलाई सुनकोसी भन्छौ । त्यसपछि तल सुनकोसीमा मिसिइसकेपछि हामीलाई दुधकोसी र सुनकोसीको पानी छुट्याइदे भनेर कसैले भन्यो भने त्यो सकिदैन । त्यो एकाकार भएर बग्छ । केही क्षण एक अर्काको धमिलोपना रहन्छ, त्यो स्वभाविकै पनि हो । तर, त्यो निश्चित विन्दुमा पुगेर एकाकार भइसकेको हुन्छ । त्यसपछि त्यहाँ कुन नदीको पानी कुन हो भन्ने कुरा कसैले पनि पत्ता लगाउन सक्दैन । त्यो स्वतह अन्तर घुलित भएर जान्छ ।


    गरिबको चमेली बोल्दिने कोही छैन’ गीत त हामीले गायौ । अब हामी उठौं युवा हो, जुटौं युवा हो, यो मुलुकलाई समृद्ध बनाउन जुटौं युवा हो, भन्दै हामी परिचालित हुने छौ । अब हामी गरिब बन्ने र मुलुक गरिब हुने होईन । श्रमको माध्यमबाट देशलाई धनी बनाउने हो । देश धनी भएपछि सम्पूर्ण मानिसहरु धनी हुनेछन । युवा संघको आजको परिकल्पना पनि यही हो ।

    नेतृत्वमा व्यक्तिको जिम्मेवारी व्यवस्थापन पनि ठूलो कुरा भएको हुनाले उहाँ केन्द्रीय कमिटीमा हुनुहुन्छ । त्यसो भएको हुनाले मलाई जिम्मेवारी दिएको खण्डमा न्यायसंगत हुने मेरो भनाइ हो । मैले युवाहरुको उर्जा उत्साहलाई सधैं शिरोधार गरेर अघि बढ्ने र आम युवाहरुको मनोभावनालाई कदर गर्नकालागि नै म युवा संघमा रहेर काम गरेको हुँ । मैले सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा युवाहरुलाई परिचालन गरेर युवाहरुका सामुदायिक मुद्दाहरुलाई सशक्त रुपमा अघि बढाउने प्रण गरेकोछु ।

    मैले युवाहरुका मुद्दालाई नै आफ्ना मुद्दाको रुपमा लिने गरेकोछु । ती मुद्दाहरुलाई न्यायोचित तरिकाले सम्बोधन गर्ने छु । यो कुरा नै मेरो नेतृत्वको दावा पक्ष हो । तथापी हामी भन्दा माथि पार्टी रहेको छ । पार्टीले जे निर्णय गर्छ, त्यो निर्णयलाई मान्न म सदासर्वदा तयार रहेको छु । मेरो पार्टी नेतृत्व र त्यस कमिटीले गरेको निर्णय मान्नु मेरो कर्तब्य र जिम्मेवारी दुबै हो ।

    युवा संघको संस्थापक अध्यक्ष अहिले नेपालको प्रधानमन्त्री हुनुहुन्छ उहाँको साथ र सहयोग कस्तो रहेको छ त ?

    हो, यही संगठनको संस्थापक अध्यक्ष यो मुलुकमो प्रधानमन्त्री हुनुहुन्छ । उहाँको स्थापनाकालको चाहना थियो – युवाहरुको आफ्नै मन्त्रालय होस् । युवा परिषद् होस् । आफ्नै बैंक रहोस् । जहाँ बाट युवालाई आवश्यक पर्ने ऋण प्रवाह गर्न सकियोस यो उहाँको अवधारणा हो । हामी उहाँका पदचापलाई पछ्याएर अगाडि बढिरहेका छौ । र उहाँले देखाउनु भएको बाटोमा अगाडि बढिरहेका छौ ।

    युवाका सामुदायिक मुद्दाहरु, सबै प्रकारका अतिवाद विरुद्ध लड्ने, उहाँकै हस्ताक्षरमा युवा संघको विधान र कार्यदिशा बनेको हो ।

    उहाँको नीति निर्देशन र सबै खाले सहयोग हामीलाई छ । हामी पनि त्यही अनुरुप अगाडि बढिरहेका छौ । र, सरकारले लिएको लक्ष्यलाई सघाउनमा पनि युवा संघ कठिबद्ध भइर लागि परेको छ ।

    जेठ १ मा युवा संघले आफ्नो स्थापना दिवस बनाउदै छ, त्यसको तयारी कस्तो रहेको छ ?

    युवा संघले जेठ १ गते आफ्नो स्थापना दिवस मनाइरहेको छ । यो २९औं स्थापना दिवस हो । हामी यसलाई महोत्सवको रुपमा मनाइरहेका छौ । हामी चाहन्थ्यौ यो दिवस एउटै झण्डा, नाम र व्यानरमा यो कार्यक्रम होस् । तर, त्यस्तो हुन सकेन । यद्यपी हामीले युवा संघको आयोजनामा वाइसीएल समेत सहभागी भएर कार्यक्रम गर्ने तय भएको छ । त्यसका लागि बरिष्ठ उपाध्यक्ष किरण पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति बनेको छ । यसमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, ३ नम्बर प्रदेशका जिल्ला कमिटी र नगर अध्यक्षहरुको कमिटी बनाएर जिम्मेवारीको बाडफाँडसमेत गरी सकिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल दुबै अध्यक्षले सम्बोधन गर्ने गरी कामक्रम गर्ने तयारी रहेको छ । यसको अलवा पार्टीका सचिवालय र अन्य नेताहरुले समेत कार्यक्रममा सम्बोधन गर्नु हुनेछ । खेलकुद र विचार मन्थनका कार्यक्रमहरुको समेत आयोजना गरिएको छ । यो कार्यक्रम सिङ्गो नेपालका युवाहरुको महोत्सवको रुपमा मनाउने तयारी गरेको हो ।

    सरकारले भर्खरै नीति तथा कार्यक्रम पेश ग¥यो । त्यसमा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको कुरालाई विवादमा तान्नुको कारण को होला ?

    देश अहिले समृद्धिको दिशामा अघिबढिरहेको छ । यो देखेर केही मान्छेहरु जो अस्तीत्वका पुजारी, नकारात्मकता बोकेर हिड्नेहरु, निराशाछर्नेहरु, अतालिएकाछन् । अहिले आशाका किरणहरु उदाउँदै छन् । आशाको दियो पनि बलिरहेको छ । विकासका बाटाहरु खुल्दैछन् । र, यी कुराहरुले गति लिदैछन । हो यिनै कुराहरुलाई लिएर आतिएर वा डराएर नै मेरो सरकार शब्दको विरोध भएको हो जस्तो मलाई लाग्दछ ।

    मुलुक बन्दा मुलुकमा बसोवास गर्ने सबै बन्ने हो । किनभने समृद्धि भन्ने कुरा कसैको पेवा हुँदैन । यो सबैको साझा हुन्छ । त्यसो हुनाले कोही पनि आतिनु पर्ने अवस्था अहिले रहेको छैन । नीति तथा कार्यक्रममा भएका कुराहरुको पक्षमा भन्दा मेरो सरकारको पक्षमा धेरै चर्चा भएको छ । यसको अर्थ कार्यक्रममा राम्रा पक्षहरु समावेश भएका छन् ती पक्षको के विरोध गर्ने । बरु मेरो सरकारको बारेमा बोल्यो भने कार्यक्रमको विरोध गरे जस्तो देखिने भएर पनि यसो गरेको हुन सक्छ ।

    एउटा सम्मानीत संस्थाको बारेमा विरोध गर्नु त्यति राम्रो मानिदैन पनि । अर्को पक्षबाट हेर्ने हो भने राष्ट्रपतिको संस्था आफै बोल्ने संस्था पनि होईन । अन्तर्राष्ट्रिय रुपमा पनि मेरो सरकार भन्ने गरेको पाईन्छ । यसो हुनाले यसको विरोध गर्नु भनेको तुक नभएको कुरा हो । यसले समयको मात्र खर्च हुन्छ, परिणमा जहाँको त्यही हुन्छ । यसो हुनाले सम्मानीत संस्थाप्रति आक्षेप लगाउनु राम्रो हुँदैन भन्ने मेरो विचार रहेको छ ।

    मुलुक बनाउने कुरामा युवाहरुले कस्तो योगदान दिन सक्छन् ?

    युवा संघ नेपालले एकता पश्चात विकास स्वयम सेवक फोर्स बनाउने तयारी गरिरहेको छ । देशभरी अहिले युवाको जनसंख्या ४०.३५ प्रतिशत रहेको देखिएको छ । यसको अर्थ देशमा झण्डै एक करोड युवा जनशक्ति रहेको छ । हामी यी युवाहरुलाई परिचालन गरेर अन्धविश्वास, कुरीति, रोजगारी, खेलकुद र स्वास्थ्य जस्ता विषयसँग संलग्न भएर काम गर्ने छौ ।

    श्रम बजारमा नेपाली युवाहरुको ठूलो संख्या रहेको छ । यो संख्या झण्डै पाँच लाखको हाराहारीमा छ । उनीहरुलाई नेपाली श्रम बजारमा नै रोजगारीको अवस्था सिर्जना गर्ने चाहना हामीले राखेका छौ । रोजगारी त हाम्रो अधिकार पनि हो । हो, यही कुरालाई आत्मसात गरेर हामीले यो योजना राखेका हौ । यसको अलवा तीनै तहका सरकारले लिएको लक्ष्य परिपूर्तिका लागि समेत हाम्रो योगदान रहने छ ।

    ‘गरिबको चमेली बोल्दिने कोही छैन’ गीत त हामीले गायौ । अब हामी उठौं युवा हो, जुटौं युवा हो, यो मुलुकलाई समृद्ध बनाउन जुटौं युवा हो, भन्दै हामी परिचालित हुने छौ । अब हामी गरिब बन्ने र मुलुक गरिब हुने होईन । श्रमको माध्यमबाट देशलाई धनी बनाउने हो । देश धनी भएपछि सम्पूर्ण मानिसहरु धनी हुनेछन । युवा संघको आजको परिकल्पना पनि यही हो ।