काठमाडौं, १४ असार
बहुदरमाई नगरपालिका(४ स्थितबाट सोही स्थान बस्ने ५८ वर्षीय मदन साह र भारत घर भएका ३५ वर्षीय सुनिल महतोलाई अवैध लागूऔषध गाँजा करिब ३५ केजी सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी डकैलाबहुअरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।