Wednesday 1st December 2021
  • New title for a=>html, img=>alt
  • चलचित्र ‘सायाबुङ’को काठमाण्डौमा विशेष प्रदर्शन हुने

    हलमा भदौ ३० गते ‘सायाबुङ’को विशेष प्रदर्शन हुने निर्माण पक्षले सोमबार पत्रकार सम्मेलन गरि जानकारी गएका छन् ।
    द पाल्म ग्रुप प्रा. लि. को ब्यानरमा निर्माण गरिएको सायाबुङ चलचित्र किरात राई सँस्कृतिमा आधारित रहेको छ । चलचित्रमा किरातीहरुको परम्परागत मूल्य र मान्यतालाई जीवन्तरुपमा प्रस्तुत गरिएको छ । चलचित्रको नाम किराती सभ्यता र भाषाबाट लिइएको भएपनि चलचित्र नेपाली भाषामा रहेको छ ।
    पूर्वी नेपालको उच्च पहाडी भेग जहाँ गाई तथा गोठमा चांैरी पालनको परम्परा रहेको छ । त्यो संस्कृतीलाई पनि चलचित्रमा समेटिएको निर्देशक भगिराज राईले बताए । चलचित्र बारे थप प्रष्ट्याउँदै राईले भने सायाबुङ अप्ठ्यारोमा फुलेको फुल हो । हिमाली भेगमा गोठ बसाउने चलन छ । जुन बस्ती भन्दा धेरै टाढा हुन्छ । त्यहि गोठ पालन गर्ने सुदुर ठाउँमा रहेको युवा र बस्तिमा रहेकी युवती बीच हुर्किएको एउटा अर्गानिक प्रेम कथा यसमा समेटिएको छ ।
    भाषा संस्कृती संरक्षणमा थोरै भएपनि योगदाग गरौं भन्ने उद्देश्यले यो चलचित्र निर्माण गरिएको निर्माता साया राईले जानकारी दिइन् । यस चलचित्रको छायाँङ्कन पूर्वी नेपाल र भारत सिमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमा गरिएको छ ।
    सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय रहेको यस चलचित्र साया राईले निर्माण गरेका हुन् । भगिराज राईको लेखन निर्देशन, भक्त सुनुवार र उदय नेमबाङको संगीत रेहेको छ भने । देबजंग थापाले सम्पादन गरेका छन् । चलचित्रमा दीपक लिम्बू, रजिना रिमाल, दिपा लामा, उदय नेम्बाङ गौरिमान राई र भगिराज राईको गीत समेटिएको छ ।
    काठमाडौंको विशेष प्रदर्शनपछि झापाको बिर्तामोड, धरान लगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने निर्देशक राईले जानकारी दिए । त्यसैगरी भारतको दार्जिलङ, सिक्किम, मणिपुर, फालेबुङ, नयाँदिल्ली र साउदी अरबमा पनि प्रदर्शन गर्ने मिति तय भइसकेको राईले जानकारी दिए ।