दिनेश निरौला
“सारीको साईनो“ , “सारीमै लुक्न खोज्ने“ “सारी लगाएर हिड्नु नि बरू” अलि हेपेर प्रयोग गरिने यी उखाने शब्दले समय र परिवेश अनुसार आफ्नो अर्थ राखेको होला ?
शरण प्रसादलाई आज कसैले यिनै मध्येको यौटा उखान प्रहार गर्यो । शरण प्रसादको हात गोडै चलेनन् । विस्तारै छेवैको चिलाउनेको रुखमा अडेस लागे । पानी खान मन लाग्यो , नजिकमा पानी थिएन ।
धेरैबेरपछी रातो सारीमा सजिएर सँधै झैं हाँस्दै रमाउँदै हिड्ने आफ्नी आमाले हात समाउदै उठाए जस्तो लाग्यो शरण प्रसादलाई । र, मुस्कुराँउदै उठ्यो । मनमनै भन्यो “सारी लगाएर हिड्दा के बिग्रन्छ” ?
सुनसरी