Thursday 26th May 2022
  • New title for a=>html, img=>alt
  • आफ्नै दाजुलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

    -

    May 17, 2019 | 941 Views


    पर्सा, ३ जेठ। आफ्नै दाजु शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा जिराभवानीपुर गाउँपालिका-१ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

    घरायसी विवादको कारण सो घटना भएको हुन सक्ने प्रहरीले बताएको छ। प्रहरीले शेख सेरामुद्धिनको साथबाट एउटा कटुवा पेस्तोल ३ राउण्ड गोली र एउटा खोका फेला पारेको थियो ।

    गम्भीर घाइते भएका शेष फारुकलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज हुँदै नेशनल मेडिकल कलेज वीरगंज लगिएकोमा थप उपचारको
    लागि शिक्षण अस्पतालमा महाराजगंज काठमाडौंतर्फ लैजाने क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।